काठमाडौँ – देशभर पछिल्लो २४ घण्टामा १०९६ जना कोरोना संक्रमित थपिएका छन्।
पाँच हजार ८४ जनाको पीसीआर परीक्षण गर्दा १०१५ जनामा संक्रमण देखिएको हो भने ८५३ जनाको एन्टिजेन परक्षिणका क्रममा ८१ जनामा संक्रमण देखिएको डा. गौतमले बताए।
काठमाडौं उपत्यकामा आज ४३५ जना संक्रमित देखिएका छन्, जसमध्ये काठमाडौंमा ३२६, ललितपुरमा ६४ र भक्तपुरमा ४५ जनामा संक्रमण देखिएको छ। कोरोना संक्रमण मुक्त भएर २६२ जना डिस्चार्ज भएका छन्।
मन्त्रालयका अनुसार हालसम्म पाँच वर्ष मुनिका तीन हजार पाँच सय ६५ जना बालबालिका संक्रमित भइसकेका छन्। आज ५१ बालबालिका सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ।
