काठमाडौँ – नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ सय रुपैयाँले बढेर ९१ हजारमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन तोलाको ९० हजार ७ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५ सय रहेको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहदै तोलामा १३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
