काठमाडौं – त्रिकोणात्मक टि-२० सिरिज अन्तर्गत चौथो खेलमा आज नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हुन् ।
नेपालले टोलीमा भने कुनै परिवर्तन गरेको छैन । आज पहिला ब्याटिङ गर्दा नेपाली ब्याट्सम्यानको मध्यक्रम र तल्लोक्रम परिक्षण समेत हुने छ । नेपालले पहिलो खेलमा नेदल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । त्यस्तै नेदरल्यान्ड्सले आफ्नो दोस्रो खेलमा मलेसियालाई १५ रनले हराएको थियो । नेपालले मलेसियालाई ९ विकेटले हराउँदै लगातार दोस्रो जितसहित फाइनल नजिक पुगेको छ ।
आजको खेलमा विजयी नेपाल एक खेल अगावै फाइनल पुग्नेछ ।
