त्रिकोणात्मक टी-२० सिरिज : मलेसियामाथि नेपालको सानदार जित

काठमाडौं – त्रिकोणात्मक टी २० सिरिज अन्तर्गत आज सम्पन्न खेलमा नेपालले मलेसियामाथि सानदार जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले ६९ रनको सानदार जित निकालेको हो।

टस हारेर ब्याटिङमा गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको मलेसियाले १९.१ ओभरमा अलआउट हुँदै १४८ रन बनायो।

सुरुवाती ब्याटिङ गरेको नेपालका लागि आक्रामक ब्याटिङ गरेका करण केसीले सर्वाधिक ४५ रन बनाए। उनले १३ बलमा ७ छक्काको सहायतामा ४५ रन बनाए। त्यस्तै आशिफ शेखले ४२, ज्ञानेन्द्र मल्लले ४१ रन बनाए। त्यस्तै दीपेन्द्रसिंह ऐरीले ३३ र कुशल भुर्तेलले १६ रन बनाउँदा कुशल मल्ल १९ रनमा अभिजित रहे।

मलेसियाका लागि फित्री शाम, अनवर रहमान र सइद अजिजले समान २/२ विकेट लिँदा मुहम्मद वाफिकले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको मलेसियाका लागि अमिनुद्धिन् राम्लीले सर्वाधिक ४१ रन बनाउँदा कप्तान अहमेद फैज ३१ रन बनाए। त्यसबाहेकका ब्याट्सम्यानहरुले ठूलो योगफल बनाउन सकेनन्। बलिङतर्फ नेपालका सन्दीप लामिछाने, कमलसिंह ऐरी र सोमपाल कामीले समान ३/३ विकेट लिँदा शुसन भारीले १ विकेट लिए।

फाइनलमा नेपालले शनिवार नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको