काठमाडौँ – प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको वार्तामा कुनै प्रगति नभएको नेकपा–एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन्।

उनले आफूसँगको वार्तामा ओलीले कुनै नयाँ प्रस्ताव नल्याएको र आफूले गरेका निर्णयहरुबाट पछि हट्न पनि नचाहेका कारण वार्तामा प्रगति हुन नसकेको बताए।

‘उहाँले समस्या समाधानका लागि कुनै नयाँ प्रस्ताव पनि ल्याउनु भएन र उहाँले जेजस्ता गतिबिधि र निर्णय गर्दै अघि बढ्नुभएको छ त्यसबाट पछि हट्न पनि चाहनुभएन,’ नेपालले बैठकपछि नेपालखबरसँग भने, ‘उहाँले जिल्ला अध्यक्षहरु हटाएको कुरालाई पनि सँच्याउन तयार देखिनुभएन।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here