काठमाडौँ – देशभर पछिल्लो २४ घण्टामा ४५२४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परिक्षणबाट ४३६४ र एन्टिजेन परिक्षणबाट १६० जना गरि ४५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा १४६७२ पीसीआर र १००९ एन्टिजेन परिक्षण गरिएको हो।
यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १९६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौँमा १६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जना कोरोना संक्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
