काठमाडौं – काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञामा उपत्यकाका पेट्रोल पम्प खुला रहने भएको छ ।
नेपाल आयल निगमले बिहीबारबाट सुरु निषेधाज्ञाको बेला सञ्चालनमा आउने अत्यावश्यक ढुवानीलाई इन्धन वितरण सहज बनाउन पेट्रोलियम पदार्थको बिक्री वितरण जारी राख्ने निर्णय गरेको हो ।
निगमले उपत्यकामा पेट्रोलियम पदार्थको बिक्री नियमित गर्न बागमती प्रादेशिक डिपो थानकोटलाई निर्देशन दिएको छ । देशैभर केहीदिनदेखि पेट्रोलियम पदार्थको खपत र मौज्दात बढेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए ।
इन्धनको आपूर्तिमा कुनै समस्या नरहेको बताउदै कार्यकारी निर्देशक पौडेलले इन्धन पाइँदैन कि भन्ने चिन्तामा नपर्न उपभोक्तालाई आग्रह गरे ।

