काठमाडौं -नेपाली बजारमा आज (आईतबार) सुनको मूल्य बढेकाे छ ।
शुक्रबार ८९ हजार ९ सय रुपैँयामा कारोबार भएको सुनको मूल्य प्रतितोला आईतबार १ सय रुपैँयाले बढेर ९० हजार रुपैँया निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेकाे छ । शुक्रबार एक हजार २ सय ९५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आईतबार पनि एक हजार २ सय ९५ रुपैँया निर्धारण गरिएको छ ।