कोरोना भाइरसले अहिले विश्व आक्रान्त बनेको छ । नेपाल पनि यसको उच्च जोखिममा रहेका कारण सरकारले विभिन्न हिसाबले चेतनाका काम गरिरहेको छ । यति हुँदाहुँदै पनि हाम्रो दैनिकीमा केही व्यवहार लागू गरे कोरोनासँग लड्न सकिन्छ । नोबेल कोरोना एउटा भाइरस हो । रोग त्यसलाई लाग्छ, जसको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमता बढाउन यी खानेकुराहरु खानुहोस् ।

-पोषिलो र घरमा बनेको खाने कुरा खाने

-हरियो सागसब्जी, फलफुल, दुध, गेडागुडी नियमित खाने

-नियमित व्यायाम, योग, हाइकिंग ग

-चुरोट, सुर्ती, अल्कोहलजस्ता हानिकारक पदार्थको सेवन नगरौं ।

-लसुन, प्याज, टिमुर, जिरा, धनिया, अदुवा, बेसार, तील, मरौटि, दालचिनी, खुर्सानी, ल्वांग, सुकमेल, अलैंची, जाइफल, कागती, ज्वानोजस्ता मसला राखेको खाना खाने गरौँ ।

-भिटामिन सि पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फल खाने ।

-पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, रसिला फलफुल नियमित खाएर शरीरलाई नियमित सिंचाई गरौँ ।

-मह, लसुन, बेसार, अदुवा, कुरिलो, गुर्जो नियमित सेवन गरौँ ।

-सरसफाइमा अल्छी नगरौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here