खेलाडीलाई कोरोना संक्रमण भएपछि आइपीएल क्रिकेट अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड अर्थात् बीसीसीआईले एक बयानमा आइपीएल र बीसीसीआईका अधिकारीले एक आपतकालीन बैठक गरेर आइपीएलको हालको सत्रलाई तत्कालका लागि स्थागित गर्ने निर्णय लिएको जानकारी दिएको छ ।
आइपीएलका अध्यक्ष बृजेश पटेलले समाचार एजेन्सी पीटीआईसँगको कुराकानीमा बबलभित्र कोरोना संक्रमणका थुप्रै मामिला आएपछि लीगलाई अनिश्चित कालका लागि स्थगित गरिएको छ ।

बीसीसीआईका पूर्व उपाध्यक्ष राजिव शुक्लाले पनि समाचार एजेन्सी एएनआईसँग आइपीएलको हालको सत्र स्थगित गर्ने पुष्टि गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here