कुशल भुर्तेल आईसीसीको महिना उत्कृष्ट खेलाडीको मनोनयनमा

नेपाली राष्ट्रिय टोलीका युवा ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन्।

अप्रिल महिनामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुमध्ये आईसीसीले बुधबार सार्वजनिक गरेको ‘प्लेयर अफ दि मन्थ’मा कुशलसँगै पाकिस्तानका दुई खेलाडीले स्थान बनाएका छन्।

कुशलले घरेलु मैदानमा भएको तीन देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २ सय ७८ रन बनाएका थिए। नेपाललाई त्रिकोणात्मक टी–२० सिरिजको उपाधि दिलाउन कुशलले कीर्तिमानी प्रदर्शन गरेका थिए। डेब्युसहित लगातार तीन खेलमा अर्धशतक प्रहार गर्ने कुशल पहिलो टी–२० आई खेलाडी हुन्।

कुशलले नेदरल्यान्ड्सको डेब्यु खेलमा ६२ रन बनाएका थिए। दोस्रो खेलमा मलेसियाविरुद्ध ६१ र तेस्रो खेलमा नेदरल्यान्ड्सँग ६२ रन बनाउँदै लगातार तेस्रो अर्धशतक प्रहार गरेका थिए।

चौथो खेलमा मलेसियासँग १६ मात्र बनाएका कुशलले फाइनल खेलमा ७७ रन बनाएका थिए। जुन खेल नेपालले १ सय ४२ रनले हराउँदै सिरिजको उपाधि जितेको थियो। मनोनयनमा परेका खेलाडीलाई आईसीसीको अफिसियल फेसबुक पेजमा गएर भोट गर्न सकिन्छ।

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको