कुशल भुर्तेल आईसीसीको महिना उत्कृष्ट खेलाडीको मनोनयनमा

नेपाली राष्ट्रिय टोलीका युवा ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन्।

अप्रिल महिनामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुमध्ये आईसीसीले बुधबार सार्वजनिक गरेको ‘प्लेयर अफ दि मन्थ’मा कुशलसँगै पाकिस्तानका दुई खेलाडीले स्थान बनाएका छन्।

कुशलले घरेलु मैदानमा भएको तीन देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २ सय ७८ रन बनाएका थिए। नेपाललाई त्रिकोणात्मक टी–२० सिरिजको उपाधि दिलाउन कुशलले कीर्तिमानी प्रदर्शन गरेका थिए। डेब्युसहित लगातार तीन खेलमा अर्धशतक प्रहार गर्ने कुशल पहिलो टी–२० आई खेलाडी हुन्।

कुशलले नेदरल्यान्ड्सको डेब्यु खेलमा ६२ रन बनाएका थिए। दोस्रो खेलमा मलेसियाविरुद्ध ६१ र तेस्रो खेलमा नेदरल्यान्ड्सँग ६२ रन बनाउँदै लगातार तेस्रो अर्धशतक प्रहार गरेका थिए।

चौथो खेलमा मलेसियासँग १६ मात्र बनाएका कुशलले फाइनल खेलमा ७७ रन बनाएका थिए। जुन खेल नेपालले १ सय ४२ रनले हराउँदै सिरिजको उपाधि जितेको थियो। मनोनयनमा परेका खेलाडीलाई आईसीसीको अफिसियल फेसबुक पेजमा गएर भोट गर्न सकिन्छ।

सिफारिस

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीबीच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ। सो...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

कतारका राजा आउने भएपछि सरकारले दियो भोलि सार्वजनिक बिदा

कतारका अमिर (राजा) शेख तमिम बिन हमाल अल थानी...

धेरै पढिएको