नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ८३ हजार नाघ्यो, आजै थपिए ८ हजार बढी

काठमाडौं– नेपालमा थप ८ हजार ४१८ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर परीक्षण र एन्टिजेन परीक्षणका क्रममा शनिबार थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ८ हजार २८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी १७ हजार ३१५ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो।

यस्तै, देशका विभिन्न ठाउँमा ८९८ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनामा कोरोना भाइरस संक्रमणको संकेत (एन्टिजेनट पोजेटिभ) देखिएको मन्त्रालयले जानकारी दिएको छ।

यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरसको संक्रमणबाट देशभर ५३ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट देशभर मृत्यु हुनेको संख्या ३ हजार ६३२ पुगेको छ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमित समेत गरी नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ। जसमध्येका २ लाख ९८ हजार ७६५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त (निको) भइसकेका छन् भने देशभर हाल ८३ हजार ४९३ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ३७० जना संक्रमित संक्रमण मुक्त (निको) भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

सिफारिस

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

सरकारले आज र भोलि (वैशाख ६ र ७ गते) बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत स्वास्थ्य तथा जनसख्या...

कस्तो रहला आजको मौसम ?

यतिबेला (बिहीबार बिहान) सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली र देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। मौसमविद्का...

आज रामनवमी पर्व, देशैभरी सार्वजनिक बिदा

आज रामनवमी पर्व मनाइँदैछ। हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा आराधना गरेर यो पर्व मनाउने गर्छन्। रामनवमी पर्वको अवसरमा सरकारले आज देशैभरी सार्वजनिक बिदा दिएको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कस्तो रहला आजको मौसम ?

यतिबेला (बिहीबार बिहान) सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश...

आज रामनवमी पर्व, देशैभरी सार्वजनिक बिदा

आज रामनवमी पर्व मनाइँदैछ। हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा...

आज यी स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुने

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशीक प्रभाव...

सुरू भयो सेतो मच्छिन्द्रनाथको रथयात्रा, यस्तो देखियो पहिलो दिन (तस्वीरहरू)

काठमाडौं - जनबहाःद्यः (सेतो मच्छिन्द्रनाथ) को रथ जात्रा मंगलबारबाट...

आज देशका धेरै भूभागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको...

आज चैते दशैं, गण्डकीमा सार्वजनिक बिदा

पोखरा  गण्डकी प्रदेश सरकारले चैते दशैंको अवसरमा आज प्रदेशभर...

धेरै पढिएको