नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ८३ हजार नाघ्यो, आजै थपिए ८ हजार बढी

काठमाडौं– नेपालमा थप ८ हजार ४१८ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर परीक्षण र एन्टिजेन परीक्षणका क्रममा शनिबार थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ८ हजार २८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी १७ हजार ३१५ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो।

यस्तै, देशका विभिन्न ठाउँमा ८९८ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनामा कोरोना भाइरस संक्रमणको संकेत (एन्टिजेनट पोजेटिभ) देखिएको मन्त्रालयले जानकारी दिएको छ।

यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरसको संक्रमणबाट देशभर ५३ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट देशभर मृत्यु हुनेको संख्या ३ हजार ६३२ पुगेको छ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमित समेत गरी नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ। जसमध्येका २ लाख ९८ हजार ७६५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त (निको) भइसकेका छन् भने देशभर हाल ८३ हजार ४९३ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ३७० जना संक्रमित संक्रमण मुक्त (निको) भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको