काठमाडौं – नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
आज सुन प्रतितोला १ सय रूपैयाँले बढेर छापावाल सुन तोलामा ९१ हजार ८०० कारोबार भईरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलाको ९१ हजार ३०० तोकिएको छ ।
यस्तै चाँदी प्रतितोला ५ रूपैयाँ घटेर १ हजार ३ सय ४५ रूपैयाँमा कारोबार भईरहेको छ ।
