रामेछाप – ज्वरोका लागि अत्यावश्यक मानिएको औषधि सिटामोल रामेछाप जिल्लामा अभाव हुन थालेको छ । जिल्लामा कोरोना संक्रमणको दर बनिरहदा सिटामोल देखिएको हो । काठमाण्डौं लगायतका शहरमा नै सिटामोला पाइन छाडेकाले जिल्लामा अभाव हुन शुरु भएको औषधि व्यबसायीहरुले बताएका छन् ।
जिल्ला भित्र भएका औषधि पसलमा रहेको सिटामोल सकिन लागेको र बाहिरबाट ल्याउन नसकिएकाले अभाव हुन लागेको दिल श्री मेडिकल हल मन्थलीका संचालक मोहन श्रेष्ठले बताए ।
आफ्नो पसलमा सिटामोल किन्न आउने ग्राहकहरुलाई दिन नसकिएको मन्थलीमा औषधि पसल संचालन गर्दै आएका बसन्त सापकोटाले बताए । उनले मन्थलीका अधिकांश पसलमा अहिले सिटामोल सकिएकाले यस्तो समस्या श्रृजना भएको जानकारी दिए । रामेछापका गाउँ गाउँमा पनि अहिले सिटामोल अभाव भएको छ । जिल्लाका ग्रामिण क्षेत्रमा ज्वरोका विरामी बढेसंगै सिटामोल पाउन छाडेपछि सर्वसाधारणमा त्रास बढेको छ ।
रामेछाप जिल्लामा अधिकांश औषधिहरु काठमाण्डौंबाट ल्याइने गरिएको छ । जिल्लाको थोक औषधि विक्रेता श्रेष्ठ आफुहरुले औषधि ल्याउने ठाउँमा नै सिटामोल सकिन लागेको भन्दै औषधि पठाउन छाडेपछि जिल्लामा सिटामोलको अभाव हुन थालेको बताए । यता तामाकोसी अस्पतालले भने आफ्नो अस्पतालमा आएका विरामीहरुलाई अहिले सम्म सिटामोल दिन सकिएको भएपनि बजारमा भने अभाव भएकोले अब भने अस्पताललाई पनि समस्या पर्ने अस्पतालको फार्मेशिमा कार्यरत मिना थापाले बताए।
