उपत्यकामा बैंक सञ्चालनमा थप कडाई, तीनवटा मात्र शाखा खोल्न पाउने

नेपाल राष्ट्र बैंकले आजदेखि काठमाडौं उपत्यकामा बैंक सञ्चालनमा थप कडाई गरेको छ। कोरोना संक्रमण नियन्त्रणको लागि भन्दै राष्ट्र बैंकले उपत्यकाका जिल्लामा बैंकका थोरै शाखामात्र सञ्चालन गर्न निर्देशन दिएको हो।

सोमबार सूचना जारी गर्दै राष्ट्र बैंकले काठमाडौंमा ‘क’ वर्गका बैंकले तीनवटा मात्र शाखा खोल्न पाउने व्यवस्था गरेको छ। त्यसैगरी निषेधाज्ञा अवधिभर ललितपुरमा दुई र भक्तपुरमा एउटा मात्र शाखा खोल्न राष्ट्र बैंकको निर्देशन छ।

राष्ट्र बैंकका अनुसार आज (मंगलबार) देखि ‘ख’ वर्गका विकास बैंकहरूले काठमाडौंमा दुई, ललितपुर र भक्तपुरमा एकएक शाखा मात्र खोल्न पाउनेछन्। ‘ग’ वर्गका वित्त कम्पनीले भने उपत्यकाका तीनवटै जिल्लामा एक÷एक वटा शाखा मात्र खोल्न पाउने राष्ट्र बैंकले जनाएको छ।

सोमबार सम्म उपत्यकामा बैंकका २५ प्रतिशत शाखा सञ्चालन हुँदै आएका थिए। धेरै शाखा सञ्चालन गर्दा मानिसको भीड र चहलपहल नियन्त्रण नभएपछि यस्तो व्यवस्था गरिएको हो।

बैंक तथा वित्तीय संस्थाले अत्यावश्यक सेवाका लागि बन्द रहेको शाखाको सम्पर्क व्यक्तिको नम्बर र सेवा प्राप्त गर्न सकिने वैकल्पिक शाखा र खुला रहने समयको जानकारी समेटिएको सूचना भने दैनिक रूपमा वेबसाइटमार्फत प्रकाशन गर्नुपर्नेसमेत राष्ट्र बैंकले जनाएको छ।

सिफारिस

सर्वोच्चमा आज कुलमान र हितेन्द्रको पेसी : न्याय कसको पक्षमा जाला ?

काठमाडौँ - नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र हालै नियुक्त भएका हितेन्द्रदेव शाक्यबीचको कानुनी लडाइँ सर्वोच्च अदालतमा प्रवेश गरेको छ। बिहीबार...

ऊर्जामन्त्रीको पहलमा भारतबाट आउने भयो थप विद्युत, उद्योगमा लोडसेडिङ हट्ने

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको कुटनीतिक पहलमा भारतले थप ४ घण्टा विद्युत दिने सहमति जनाएको छ । इण्डियन इनर्जी एक्सजेञ्जबाट थप...

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको पनि रिट दर्ता

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट निवेदन पनि सर्वोच्च अदालतमा दर्ता भएको छ। यसअघि निवेदनको ढाँचा नमिलेको भन्दै सच्याउन पठाइएकोमा,...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जामन्त्रीको पहलमा भारतबाट आउने भयो थप विद्युत, उद्योगमा लोडसेडिङ हट्ने

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको कुटनीतिक...

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको पनि रिट दर्ता

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव...

कुलमानलाई पदमुक्त गर्दा मन्त्रिपरिषद्ले लिएको १० प्रमुख आधार र कारणहरू

काठमाडौ - नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी...

उज्ज्वल कोइराला नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा मनोनित

काठमाडौँ – नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको...

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ घोषणा, के-के छन् मापदण्ड ?

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय...

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता फेलोसिपको घोषणा

काठमाडौं - भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा...

धेरै पढिएको