प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच मध्यरातमा भेटघाट भन्दै भ्रामक समाचार प्रकाशन गरेको भन्दै सर्वोच्चले निकाल्यो विज्ञप्ति

काठमाडौं – सर्वोच्च अदालतले प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच मध्यरातमा भेटघाट भएको जस्ता अतिरञ्जित र दुराशययुक्त भ्रामक समाचार प्रकाशन गर्नेहरू कानूनी दायरमा आउन सक्नेतर्फ सचेत गराएको छ ।

केही मिडियाको नामै किटेर त्यस्ता भ्रमपूर्ण र कुत्सित मनसाय राखी समाचार प्रकाशन हुनु दुःखद अवस्था भएको सर्वोच्चले जनाएको छ ।

सहप्रवक्ता देवेन्द्र ढकालले विज्ञप्ति जारी गर्दै यस प्रकारका कार्यहरू संविधान, कानून र स्वयं पत्रकार आचारसंहिताको समेत प्रतिकूल हुने हुँदा कानूनी दायरमा आउन सक्नेतर्फ सचेत हुन ध्यानाकर्षण गराएका छन् ।

अदालतले यस्ता भ्रमपूर्ण कपोलकल्पित समाचारको भ्रममा नपर्न समेत आग्रह गरेको छ । न्यायपालिकाको मर्यादा र गरिमामा आँच आउने किसिमबाट प्रकाशित भएका तथ्यहीन, कपोलकल्पित र भ्रामक समाचार सच्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराइएको छ ।

सिफारिस

माघ ४ गतेदेखि नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी

काठमाडौं - नेपाली सेनाले सेनादिवसको अवसर पारेर मिति २०८२ माघ ४ गतेदेखि ७ गतेसम्म जङ्गी अड्डामा नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ आयोजना गर्ने...

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

धेरै पढिएको