विश्वकप छनोट अन्तर्गत आज नेपाल र चाइनिज ताइपेई भिड्दै

काठमाडौँ – विश्वकप तथा एसियन कप छनोट अन्तर्गत आज नेपाल र चाइनिज ताइपेई भिड्दै छन् ।

नेपाली समय अनुसार राति ९:४५ बजे कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय फुटबल मैदानमा ताइपेईविरुद्ध नेपाल जितको लक्ष्यसहित मैदान उत्रँदैछ ।

नेपालले घरेलु भूमिमा खेल्नुपर्ने खेल कुवेतमा खेल्न लागेको हो । कोरोना महामारीका कारण एएफसीले समूह ‘बी’ का खेल न्युट्रल भूमिका रूपमा कुवेतमा आयोजना गर्ने निर्णय गरेको थियो ।

नेपालले कुवेतविरुद्ध घरेलु मैदानमा खेल्नुपर्ने खेल भने दशरथ रंगशाला निमार्ण सम्पन्न नभएका कारण भुटानमा खेलेको थियो । विश्वकप छनोटको तेस्रो चरण पुग्ने सम्भावना समाप्त भइसकेका दुवै टोलीको लक्ष्य एसियन कपको तेस्रो चरणमा पुग्ने हुने छ ।

नेपालले बाँकी ३ खेलमध्ये जित हात पार्न सहज हुने टिम भनेको यही चाइनिज ताइपेई नै हो । फिफा वरियतामा आफूभन्दा ३० स्थान माथि रहेको चाइनिज ताइपेईविरुद्ध नेपालले हालसम्म २ वटा मात्र खेल खेलेको छ । जसमा १ खेल आफ्नो पक्षमा पार्दा १ खेल बराबरीमा सकिएको थियो ।

नेपाल फिफा वरीयताको १७१ औँ स्थान छ । यस्तै, चाइनिज ताइपेई नेपालभन्दा ३० स्थानमाथि १४१औँ स्थानमा छ ।

सन् २०१९ मा ताइपेईमै भएको पहिलो भेटमा दुवै टोलीले १–१ को बराबरी खेलेका थिए । मैत्रीपूर्ण खेलमा १ गोलले पछि परेको अवस्थामा नेपालका लागि अभिषेक रिजालले बराबरी गोल फर्काएका थिए ।

सोही वर्ष विश्वकप तथा एसियन कपको संयुक्त छनोट अन्तर्गत ताइपेईकै घरेलु मैदानमा भएको खेलमा नेपालले २–० को जित निकाल्यो । नेपालका लागि दुवै गोल अञ्जन विष्टले गरेका थिए ।

नेपालले ताइपेईविरुद्धको खेलमा गोलविहीन हुनुपरेको छैन । बिहीबारको खेलमा पनि यसले निरन्तरता पाउने अपेक्षा गर्न सकिन्छ । युवा टोली लिएर कुवेत पुगेका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यो खेल नेपालले आफ्नो पक्षमा पार्ने विश्वास लिएका छन् ।

५ खेलमा ४ हार र १ जित निकालेको नेपाल ३ अंकका साथ चौथो स्थानमा रहँदा जितविहीन चाइनिज ताइपेई अन्तिम स्थानमा छ ।

सिफारिस

निजी विद्यालयको नाम नेपालीमै राख्न बालेनको एक महिने ‘अल्टिमेटम’

काठमाडौं - काठमाडौं महानगरपालिकाले निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समय दिएको छ । बिहीबार सूचना जारी गरी महानगरले नेपालीमा नाम राख्न निजी...

प्रहरीका सादा पोशाकमा जनशक्ति परिचालन नगर्न निर्देशन

काठमाडौँ – नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन दिएको छ। सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैरव्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको...

एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक अधिकारी सशस्त्र प्रहरीको नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन्। गृहमन्त्रालयको बढुवा समितिको सचिवालयले सूचना जारी गर्दै अधिकारीलाई शसस्त्र...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रहरीका सादा पोशाकमा जनशक्ति परिचालन नगर्न निर्देशन

काठमाडौँ – नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न...

एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक अधिकारी सशस्त्र प्रहरीको...

मौसम: आइतबारसम्म पानी पर्ने, आज यी स्थानमा हुनेछ वर्षा

हाल नेपालमा स्थानीय वायुको उल्लेख्य प्रभाव रहेका कारण तीन...

बज्रचार्यले लिए पर्यटन मन्त्रीको शपथ

हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्रमान बज्रचार्य बागमती प्रदेश सरकारमा...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको ५ निर्णय

बिहीबार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ५ निर्णय...

मिलन लिम्बूले पाए राष्ट्रिय स्वतन्त्र पार्टीबाट इलाम २ को टिकट

राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गते हुन लागेको इलाम...

धेरै पढिएको