यस्ता छन् आलुबखडा खानुको फाइदा

आलुबखडा नेपालमा पाइने एक प्रकारको फल हो । यो फलको स्वाद अमिलो र गुलियो हुन्छ । यसबाट जाम पनि बनाइन्छ । यो रातो, कालो, पहेँलो र कतैकतै हरियो रङको पनि हुन्छ । प्रायजसो यो फलको बाहिरको पातलो बोक्रा निकै चम्किलो हुन्छ । यसको गुदी रसदार हुन्छ र यसलाई सिधै खान सकिन्छ ।

आलुबखडामा थुप्रै पोषक तत्व पाइन्छ । यसमा भिटामिन सी, ए, के र फाइबरजस्ता पोषक तत्व पाइन्छन् । यसबाहेक यो एन्टी अक्सिडेन्टले भरिपूर्ण हुन्छ । यो स्वास्थ्यका लागि निकै लाभकारी छ । यसले स्वास्थ्यका विभिन्न समस्यालाई टाढा राख्न मद्दत गर्छ । आलुबखडा खानुका फाइदाबारे केही जानकारी लिऔंः

तौल घटाउनका लागिः

आलुबखडामा सुपरअक्साइड हुन्छ । यसलाई अक्सिजन रेडिकल पनि भनिन्छ । यसले शरीरको बोसोलाई कम गर्नमा मद्दत गर्छ । त्यसैले यदि तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटमा आलुबखडा समावेश गर्न सक्नुहुन्छ ।

हड्डी बलियो बनाउनका लागिः

आलुबखडामा थुप्रै पोषक तत्व हुन्छन् । यसमा भिटामिन के हुन्छ । यसले शरीरलाई हड्डी बलियो बनाउन मद्दत गर्छ । महिलाका लागि भिटामिन के को सेवन निकै लाभदायी छ । महिनावारी रोकिन लागेका महिलालाई यसले निकै फाइदा पुर्याउँछ ।

सुगर नियन्त्रणका लागिः

आलुबखडाले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । साथै, यसले कोलेस्ट्रोललाई पनि कम गर्न मद्दत गर्छ । यसमा ओमेगा–थ्री भरपुर मात्रामा पाइन्छ । यसले मुटुसँग सम्बन्धित रोगलाई टाढा राख्न मद्दत गर्छ । यसमार्फत् हृदयघात र स्ट्रोकको खतरालाई कम गर्न सकिन्छ । त्यसैले मुटुलाई स्वस्थ राख्नका लागि आलुबखडाको सेवन गर्न सक्नुहुन्छ ।

रुघा–खोकीको समस्याः

आलुबखडामा भिटामिन सी भरपुर मात्रामा हुन्छ । यसले तपाईंंको प्रतिरोधी क्षमता बढाउँछ । यसको सेवन गर्दा रुघा–खोकीजस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ ।

पाचन तन्त्र स्वस्थ राख्नका लागिः

आलुबखडाले पाचन तन्त्रलाई स्वस्थ राख्न मद्दत गर्छ । यसमा फाइबर भरपुर मात्रामा हुन्छ । यसका साथै यसमा आइटिन र सोर्बिटोल हुन्छ । यसले पाचन क्रियालाई राम्रोसँग काम गर्न सहयोग गर्छ ।

क्यान्सरको रोकथामः

आलुबखडामा थुप्रै पोषक तत्व पाइन्छन् । यसको सेवन गर्दा शरीरमा क्यान्सरको कोसिका बढ्न पाउँदैन । यसमा बिटा क्यारोटिन पाइन्छ । यसले क्यान्सर रोक्न मद्दत गर्छ । यसले फोक्सो र मुखको क्यान्सर हुनबाट जोगाउँछ । त्यसैले क्यान्सरको रोकथामका लागि नियमित रुपमा आलुबखडाको सेवन गर्न सक्नुहुन्छ । -एजेन्सी

सिफारिस

नेपाल मोबाइल वितरक संघको दशौँ साधारण सभा सम्पन्न

काठमाडौँ -नेपाल मोबाइल वितरक संघको दशौँ वार्षिक साधारण सभा आइतबार काठमाडौँको एभरेस्ट होटलमा सम्पन्न भएको छ।संघका केन्द्रीय अध्यक्ष रघु त्रिपाठीको अध्यक्षतामा सम्पन्न सभामा नेपाल...

प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले पदोन्नति भएका उपरथी तथा महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ। २०८३ भदौ ५ गतेदेखि उपरथी...

आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको छ । अर्कोपट्टि अग्लो भीरबाट कलकल गर्दै झरेको पानी, वरिपरिको हरियाली र शीतल वातावरणले रसुवाको...

भर्खरै

प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ...

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

धेरै पढिएको