यस्ता छन् आलुबखडा खानुको फाइदा

आलुबखडा नेपालमा पाइने एक प्रकारको फल हो । यो फलको स्वाद अमिलो र गुलियो हुन्छ । यसबाट जाम पनि बनाइन्छ । यो रातो, कालो, पहेँलो र कतैकतै हरियो रङको पनि हुन्छ । प्रायजसो यो फलको बाहिरको पातलो बोक्रा निकै चम्किलो हुन्छ । यसको गुदी रसदार हुन्छ र यसलाई सिधै खान सकिन्छ ।

आलुबखडामा थुप्रै पोषक तत्व पाइन्छ । यसमा भिटामिन सी, ए, के र फाइबरजस्ता पोषक तत्व पाइन्छन् । यसबाहेक यो एन्टी अक्सिडेन्टले भरिपूर्ण हुन्छ । यो स्वास्थ्यका लागि निकै लाभकारी छ । यसले स्वास्थ्यका विभिन्न समस्यालाई टाढा राख्न मद्दत गर्छ । आलुबखडा खानुका फाइदाबारे केही जानकारी लिऔंः

तौल घटाउनका लागिः

आलुबखडामा सुपरअक्साइड हुन्छ । यसलाई अक्सिजन रेडिकल पनि भनिन्छ । यसले शरीरको बोसोलाई कम गर्नमा मद्दत गर्छ । त्यसैले यदि तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटमा आलुबखडा समावेश गर्न सक्नुहुन्छ ।

हड्डी बलियो बनाउनका लागिः

आलुबखडामा थुप्रै पोषक तत्व हुन्छन् । यसमा भिटामिन के हुन्छ । यसले शरीरलाई हड्डी बलियो बनाउन मद्दत गर्छ । महिलाका लागि भिटामिन के को सेवन निकै लाभदायी छ । महिनावारी रोकिन लागेका महिलालाई यसले निकै फाइदा पुर्याउँछ ।

सुगर नियन्त्रणका लागिः

आलुबखडाले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । साथै, यसले कोलेस्ट्रोललाई पनि कम गर्न मद्दत गर्छ । यसमा ओमेगा–थ्री भरपुर मात्रामा पाइन्छ । यसले मुटुसँग सम्बन्धित रोगलाई टाढा राख्न मद्दत गर्छ । यसमार्फत् हृदयघात र स्ट्रोकको खतरालाई कम गर्न सकिन्छ । त्यसैले मुटुलाई स्वस्थ राख्नका लागि आलुबखडाको सेवन गर्न सक्नुहुन्छ ।

रुघा–खोकीको समस्याः

आलुबखडामा भिटामिन सी भरपुर मात्रामा हुन्छ । यसले तपाईंंको प्रतिरोधी क्षमता बढाउँछ । यसको सेवन गर्दा रुघा–खोकीजस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ ।

पाचन तन्त्र स्वस्थ राख्नका लागिः

आलुबखडाले पाचन तन्त्रलाई स्वस्थ राख्न मद्दत गर्छ । यसमा फाइबर भरपुर मात्रामा हुन्छ । यसका साथै यसमा आइटिन र सोर्बिटोल हुन्छ । यसले पाचन क्रियालाई राम्रोसँग काम गर्न सहयोग गर्छ ।

क्यान्सरको रोकथामः

आलुबखडामा थुप्रै पोषक तत्व पाइन्छन् । यसको सेवन गर्दा शरीरमा क्यान्सरको कोसिका बढ्न पाउँदैन । यसमा बिटा क्यारोटिन पाइन्छ । यसले क्यान्सर रोक्न मद्दत गर्छ । यसले फोक्सो र मुखको क्यान्सर हुनबाट जोगाउँछ । त्यसैले क्यान्सरको रोकथामका लागि नियमित रुपमा आलुबखडाको सेवन गर्न सक्नुहुन्छ । -एजेन्सी

सिफारिस

निजी विद्यालयको नाम नेपालीमै राख्न बालेनको एक महिने ‘अल्टिमेटम’

काठमाडौं - काठमाडौं महानगरपालिकाले निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समय दिएको छ । बिहीबार सूचना जारी गरी महानगरले नेपालीमा नाम राख्न निजी...

प्रहरीका सादा पोशाकमा जनशक्ति परिचालन नगर्न निर्देशन

काठमाडौँ – नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन दिएको छ। सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैरव्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको...

एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक अधिकारी सशस्त्र प्रहरीको नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन्। गृहमन्त्रालयको बढुवा समितिको सचिवालयले सूचना जारी गर्दै अधिकारीलाई शसस्त्र...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रहरीका सादा पोशाकमा जनशक्ति परिचालन नगर्न निर्देशन

काठमाडौँ – नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न...

एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक अधिकारी सशस्त्र प्रहरीको...

मौसम: आइतबारसम्म पानी पर्ने, आज यी स्थानमा हुनेछ वर्षा

हाल नेपालमा स्थानीय वायुको उल्लेख्य प्रभाव रहेका कारण तीन...

बज्रचार्यले लिए पर्यटन मन्त्रीको शपथ

हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्रमान बज्रचार्य बागमती प्रदेश सरकारमा...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको ५ निर्णय

बिहीबार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ५ निर्णय...

मिलन लिम्बूले पाए राष्ट्रिय स्वतन्त्र पार्टीबाट इलाम २ को टिकट

राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गते हुन लागेको इलाम...

धेरै पढिएको