रामेछापमा काेभिड -१९ विरुद्धको खोप लक्षित वर्गलाई छोडेर आफन्त र कार्यकर्तालाई

रामेछाप -नेपाल सरकारले ६२ वर्षदेखि ६४ उमेर समूहका जेष्ठ नागरिकहरूकाे लागि लगाउने भनिएको कोरोेनाविरुद्धको खोप रामेछापमा दुरुपयोग भएको पाइएकाे छ ।

यसरी कोरोना खोप दुरुपयोग गर्नेहरुमा रामेछाप नगरपालिका, मन्थली नगरपालिका, सुनापति गाउँपालिका लगायत प्राय सवैजसो गाउँपालिका रहेको बुझिएको छ । जेठ २५,२६ र २७ गतेका लागि स्वास्थ्य मन्त्रालयले उपत्यका बाहिर ६२ देखि ६४ बर्ष उमेर समुहका जेष्ठ नागरिकहरुका लागि लक्षित गरी पठाएको काेराेना विरुद्धकाे भ्याक्सीन पालिकाका र स्वास्थ्य प्रमुखहरुकै निर्देशनमा दुरुपयोग भएको श्रोतको दावी छ ।

श्रोतका अनुसार रामेछाप नगरपालिका स्वास्थ्य शाखा र मन्थली स्वास्थ्य शाखाले ६२-६४ वर्ष उमेर समुहका नाममा स्वास्थ्यकर्मी निकट र आफन्त तथा रामेछाप नगरपालिका वडा नं ६ मा रहेका शिक्षकहरुले कोभिड विरुद्धको भेरोसेल खोप लगाएको प्रमाण बाहिर आइसकेपछि अनियमितता प्रकरण बाहिर आएको हो ।

उक्त वडामा वडा अध्यक्षकै निर्देशनमा शिक्षक तथा त्यस पहुँचवालाहरुले खोपको दुरुपयोग गरेका छन् । यसरी सरकारी निर्देशन र मापदण्ड विपरित शिक्षक र व्यापारी तथा पहुँचवालाहरुले खोप लगाएर खोपको दुरुपयोग गराएको भन्ने सम्वन्धमा रामेछाप नगर शिक्षक महासंघका अध्यक्ष नारायणप्रसाद घिमिरेले ठाडै प्रतिवाद गरे । उनले भने– पालिकाले गरेको यस खालको अनियमितता प्रति महासंघको गम्भिर आपत्ति रहेको छ । हैन भने शिक्षकका नाममा राज्यले विभेद गरेर कसैलाई लाखा र कसैलाई पाखा लगाउँनु ठिक हैन ।

यस सम्वन्धमा रामेछाप नगर स्वास्थ्य प्रमुख विष्णु कार्कीले खोपको दुरुपयोग नभएको दावी गर्दै कतिपय वडाहरुमा निर्धारित उमेर समुहका मानिसहरु उपस्थित नभएकाले खोप नष्ट हुनसक्ने भन्दै आफुहरुले अन्य उमेर समुहकालाई खोप लगाएको जानकारी नगरलाई गराएको बताए । यसबारेमा नगरले सम्वन्धित वडा अध्यक्ष र त्यहाँको वडा स्वास्थ्य प्रमुखहरुकै रोहवरमा खोप बुझाएकाले यसमा नगरको कुनै पनि दोष नरहेको उनको दावी छ ।

कोरोना महामारीको कारण मुलुक आक्रान्त भइरहेको बेला सरकारले निश्चित उमेर समुह किटान गरि जेष्ठ नागरिकहरूको लागि किटान गरेको खोप सम्वन्धीत पक्षवाटै दुरूपयोग भएको आरोप सरोकारवालाहरूले लगाएका छन् । रामेछाप स्वास्थ्य केन्द्रबाट खोप लगाउनेहरूमा रामेछाप उद्योग वाणिज्य संघका पदाधिकारीहरू , सत्ताशिन नेकपा एमाले र अन्य पार्टीका समेत नगरस्तरीय नेताहरू र नगर शिक्षक महासंघका पदाधिकारीहरू समेत रहेका छन् ।

त्यसैगरी मन्थली नगरपालिकामा सरकारी सूचनाका आधारमा खोप लगाउन पुगेका मन्थली नगरपालिका वडा नं ३ का ६४ वर्षिय मोहन वहादुर थापा दिनभरि मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा खोपको प्रतिक्षामा बसेर खोप नलगाई फर्किएको गुनासो गर्छन् । उनले आफुसँगै लाइनमा बसेका आफु भन्दा कान्छा र जेठो उमेरका दुवै थरीका जेष्ठ नागरिहरुले पहुँचको आधारमा खोप लगाएका र आफ्नो भने कुनै पनि आधार नभएकाले दिउँसभरी मन्थलीको तातो घाम कुरेर खोप नै नलगाई फर्कनु परेको पनि थापाको बताए ।

यसरी खोप लगाउनेहरुमा स्वास्थ्यकर्मीका आफन्त, नागरिक समाजका अगुवा, राजनितिक कार्यकर्ता, पहुँचवालाहरु र कोरोना संक्रमण भएको चार हप्ता पुरा नभएका व्यक्तिहहरू समेत रहेको मन्थली प्राथमिक स्वास्थ्य केन्द्र श्रोतले बतायो ।

दुई नगरपालिका वाहेक अन्य गाउँपालिकामा पठाएको खोप पनि मापदण्ड भित्रका नागरिकहरु उपस्थित नभएको भन्दै त्यहाँका स्वास्थ्यकर्मी,जनप्रतिनिधिहरुको नजिक र आसपासका नागरिकहरुलाई खोप लगाएको बताइएको छ । त्यसवाहेक यसपटक सरकारी मापदण्ड भित्र नपरेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयका कर्मचारीहरूले समेत खोप लगाएका छन् । तर प्रहरी श्रोतले भने– नेपाल प्रहरीले ७९, सशस्त्र प्रहरीले २६ र राष्ट्रिय अनुसन्धान कार्यालयका कर्मचारी ८ जनाले मात्र खोप लगाएको दावी गरेको छ । उसका अनुसार नेपाल प्रहरीका लागि १ सय ६४, सशस्त्र प्रहरीको लागि ४० र जिल्लाका संचारकर्मीहरुका लागि २० गरि २ सय २४ भ्याक्सिन मन्थलीका लागि आएको थियो । जसमा १ सय १५ जना प्रहरीले मात्र लगाएको थियो भने सञ्चारकर्मीले कसैले पनि खोप लगाउन पाएनन् ।

तर मन्थली नगर स्वास्थ्य कार्यालयले भने सबै खोप ६२–६४ वर्षका जेष्ठ नागरिकहरुले लगाउनु पर्नेमा नेपाल प्रहरी र शसस्त्र प्रहरीले जर्वजस्त रुपमा लगाएको दावी गरेको छ । खोपको अनियमितताको सम्वन्धमा जिल्ला स्वास्थ्य कार्यालय रामेछापसँग सम्र्पक गर्दा जनस्वास्थ्य अधिकृत भुवन थापाले कार्यालयले सम्वन्धीत पालिकालाई सरकारी मापदण्ड अनुसार खोप लगाउन निर्देशन जारी गरेको थियो । सोही आधारमा कार्यालयले रामेछाप नगरपालिकालाई पहिलो पटक ३ सय र दोश्रो पटक ४ सय ५० भायल खोप पठाएको बताए ।

त्यसैगरी गोकुलगंगा गाउँपालिकालाई २ सय, उमाकुण्ड गाउँपालिकालाई २ सय, सुनापति गाउँपालिकलाई १ सय ५०, दोरम्वा गाउँपालिकालाई १ सय २५, खाँडादेवी गाउँपालिकालाई १ सय ३०, लिखु तामाकोशी गाउँपालिकालाई १ सय ३० र मन्थली नगरपालिकालाई पहिलो पटक ३ सय र दोश्रो पटक १ सय ५० भायल पठाएको भए पनि कतीपय पालिका र वडाह?मा खोपको दुरुपयोग भएको सूचना कार्यालयलाई प्राप्त भएको थापाले वताए ।

उनले जिल्ला स्वास्थ्य कार्यालयले मध्यस्तकर्ता मात्र भएको र सबै खोप केन्द्रवाट खोपको विवरण प्राप्त नभएकाले आधिकारीक रुपमा यसैे भन्न नसक्ने अवस्था भएको बताए । यदी खोपको दु?पयोग भएको हो भने सम्बधित पालिकाको स्वास्थ्य शाखाका पदाधिकारीकै जिम्मामा हुने बताए । यसबाहेक कार्यालयलाई राजनितिक रुपमा पनि खोपको लागि व्यापक दवाव आएको गुनासो पनि थापाले गरे ।

खोप अनियमितता र प्रहरीले पनि खोप प्रयोग गरेको सम्वन्धमा रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले ६२-६४ उमेर समूहका जिल्लामा करिव २ हजार ६ सय मात्रै जेष्ठ नागरिक भएको र बाँकी रहेको खोप सुरक्षाकर्मीहरुलाई र संञ्चारकर्मीहरुलाई क्रमशः दिने निर्णय जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको बताए । उनले आफुले अनियमितता भएको भन्ने सूचना पाएपछि प्राप्त खोपको विवरण खपत खोप र उमेर समूहका नागरिकहरूको संख्याको बारेमा आजै जिल्ला प्रशासन कार्यालयमा विबरण पेश गर्न जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको बताए ।

सिफारिस

उद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई त्यो अवस्था आउँदैन : ऊर्जामन्त्री खड्का

काठमाडौ-  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उद्योग क्षेत्रमा लोडसेडिङ रहे पनि घरायसी प्रयोजनका लागि लोडसेडिङ हुन नदिने सरकारको नीति रहेको बताएका छन्। बुधबार...

चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि विद्युत प्राधिकरणको सबै बैंक खाता रोक्का

काठमाडौं – गम्भीर वित्तीय संकटको सामना गरिरहेको नेपाल विद्युत प्राधिकरणका सबै बैंक खाता रोक्का भएका छन्। ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना निर्माण गर्ने...

उर्जामन्त्रीको पहलमा विपदमा वेपत्ता भएका नागरिकको परिवारले पाउने भए क्षतिपूर्ति

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको पहलमा मनसुनजन्य विपदमा वेपत्ता भएका नागरिकको परिवारले क्षतिपूर्ति पाउने व्यवस्था गर्नुभएको छ । विस २०८० असार २...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि विद्युत प्राधिकरणको सबै बैंक खाता रोक्का

काठमाडौं – गम्भीर वित्तीय संकटको सामना गरिरहेको नेपाल विद्युत...

उर्जामन्त्रीको पहलमा विपदमा वेपत्ता भएका नागरिकको परिवारले पाउने भए क्षतिपूर्ति

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको पहलमा...

प्रहरी महानिरीक्षक कुँवरसहित नौ उच्च अधिकारीको बिदाइ (तस्वीरहरू)

प्रहरी प्रधान कार्यालयले ३० वर्ष सेवा अवधि पूरा गरी...

को हुन् प्रहरी महानिरीक्षक बनेका दीपक थापा?

नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षक (आईजीपी) मा दीपक थापा...

सशस्त्र प्रहरीले गर्यो प्रहरी महानिरीक्षक कुँवरलाई बिदाइ (तस्वीरहरू)

काठमाडौँ - प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई सशस्त्र प्रहरी...

टिकटकर कुल ब्वायले गरे स्मार्ट पोइन्टको उद्घाटन

काठमाडौँ - अभिनेता तथा टिकटकर कुल ब्वायले स्मार्ट पोइन्ट...

धेरै पढिएको