- डा. केदार कार्की
मुला औषधिजन्य गुणले भरिपूर्ण एउटा बहुउपयोगी खाद्य सामग्री मानिन्छ । यसका पातहरुमा प्रशस्तमात्रामा विटामिन–ए उपलब्ध रहन्छ । चिकित्साशास्त्रको अनुसन्धानका अनुसार विटामिन–ए को उपलब्धताका कारण मुला र यसको साग भोजनमा शामिल गर्नाले, आँखा, मुख, पेट, आन्द्रा, श्वासनाङ्ग र गुप्ताङ्गमा लुकेका रोगाणुहरुबाट सुरक्षित हुन्छन् । त्यसै पनि भिटामिन–ए को अल्पताका कारण विभिन्न प्रकारका चर्म रोग एवं नेत्र रोग हुने गर्दछ । भोजनमा सम्मिलित मुलाका पातहरुमा पाइने भिटामिन–ए का कारणले पनि यस्ता रोगहरुको नियन्त्रण र निदानमा सहयोगी हुन्छ । मलाको रसायनिक विश्लेषण अनुसार यसमा प्रोटिन, खनिज लवण, कार्वोहइड्रेड, क्यालोरी बोसो, क्याल्सियम, फसफोरस, लौह तत्व, भिटामिन–सी र अलिक भिटामिन–वी कम्प्लेक्स पाइन्छ ।
मुलालाई पूर्ण घरेलु उपयोगमा मुला, मलाको पातहरु र यसका नरम डाँठहरु सम्मिलित गर्नु फाइदाजनक हुन्छ । यसैले मुलाको पातहरु अनि नरम डाँठहरु फाल्नु हुँदैन । मुलाको पातहरुको स्वादिष्ट साग पकाउन सकिन्छ । तजा हरियो नरम मुलाको पातहरुलाई अदुवा कागतीको रस मिलाएर बनाइएको सलाद सम्पूर्ण पेटका विकारहरु निर्मूल पार्छ । यस्तो सलाद कब्ज नासक , पित्तनाशक तथा पेटका सबै विकारहरुलाई नष्ट गरेर शरीरका विजातीय द्रव्यहरुलाई बाहिर निकाल्ने उत्तम आहार मानिन्छ । मुलाको पातहरुको सलादमा गोलभेंडा, बन्दा, काउली, विरेनून र मरिचको धूलो आदि सामाग्रीहरु मिसाउन सकिन्छ । यो सलाद खाना खानुभन्दा पहिलो वा भोजनसँग खान सकिन्छ । जसले गर्दा भोजन सजिलै पच्छ । पोषण विज्ञहरु ठोकुवा गर्दछन् कि यो पेट सफागर्ने उत्तम आहार मानिन्छ । मुला घरको भान्सामा उपयोग हुनुका साथै
औषधिजन्य प्रयोग पनि हुन्छ जुन प्रकार छन् :
पथरी
मुलाको रस २५ ग्राम एवं यवक्षार एक ग्राम मिसाएर विहान एकपटक र दिउँसो खाना खानुभन्दा पहिले एकपटक खाँदा जुनसुकै खाले पथरीहरु गलेर पिसाबबाट निस्कन्छ । कम्तीमा १५ दिन यो मिश्रण प्रयोग गर्नुपर्छ ।
आउँ रगत
आँउँका कारण मानिसहरु धेरै सताइएका हुन्छन् । यसबाट मुक्ति पाउन ताजा मुलाको ताजा पातहरुको रस ५० ग्रामको मात्रामा विहान एवं दिउँसो पिउनाले चाडै निको हुने गर्दछ ।
जण्डीस
यो रोग बडो खतरनाक मानिन्छ । यसको उपचारका लागि लगभग सय डेढसय ग्राम मुलाको रसमा २०–३० ग्राम मह मिलाएर पिउनाले केही दिनमा रोग निको हुने गर्दछ । यस खुराकलाई विहानपखमा लिन बैद्यहरुले सल्लाह दिन्छन् । मुला र यसको पातको सलाद जण्डीसलाई रोकथाम गर्दछ ।
बाथ, दम, खोकी
यी रोगहरुबाट छुटकारा पाउनका लागि १०० ग्राम मुलाको रस एवं १०० ग्राम उखुको रस मिसाएर मनतातोपारी तताएर १ महिनासम्म नियमित रुपले विहान एक खु्राक लिनाले फाइदा गर्छ ।
दाँतको समस्या
मुलाको रसमा नून मिसाएर दाँत तथा गिजामा दल्नाले दाँतहरुको इनामेल सुरक्षित हुन्छ । दाँत बलियो रहन्छन् तथा तिनको चमक बनिरहन्छ
बायु, बिकार, कब्जियत, अपच
अनियमित खानपानका कारण मानिसहरु बायु विकारबाट पिडित रहन्छन् । यसको निदानका लागि खाली पेटमा विरेनूनसँग मुला खायो भने ग्यास, वायु बनन रोकिन्छ शरीरमा हलुकोपन महशुस हुन्छ ।
बहु औषधीय गुणी (सलगम) गान्टे मुला
तरकारी बजारमा पुग्ने ग्राह इज्जत बढाउने खालको र इज्जतलाई कथित रुपमा तल पार्नेखालको तरकारीहरुको जालोमा कहिलेकाहीँ द्विविधामा परेका देखिन्छन् । फूलगोभी, गोलभेंडा, चना दाना, बेमौसम या मौसमी भन्दा पहिले विविध प्रकारका इज्जतदार तरकारीहरु किन्नमा कुनै संकोच हुँदैन । केराउकोसा र केराउ दाना पनि इज्जतदार श्रेणीमा सम्मिलित भएका छन् । यिनलाई कुनैबेला हरियो घाँसको रुपमा काटेर वस्तुभाउहरुलाई खुवाइन्थ्यो । आफन्त, इष्टमित्रहरुलाई पनि यिनीहरु भोजनमा पस्किदैनथ्यो । बरु छिमेकबाट रहरको दाल पैंचो मागेर किन ल्याउन नपरोस । इज्जतको इज्जत अहिले
बदलिएको छ तर पनि इज्जत इज्जत नै हो यसलाई बचाएर राख्नै पर्ने हुन्छ । यही कारणले गर्दा धेरै गुणकारी तरकारीहरुका रुपमा उपलब्ध कैयौं तरकारीहरुलार्य सार्वजनिक रुपमा किन्नमा घरानीयाहरुलाई संकोच लाग्छ । अब गान्टेमुलालाई नै लिउँ यस विचारलाई इज्जत भएका त कमले मात्र किन्दछन् । यति कुरा घुमाउरो गरी भन्नुको तात्पर्य यो छ कि इज्जतदार तरकारीकरुको माझमा (सलगम) गान्टेमुलाको पनि आफ्नो इज्जत छ नि । यस्तो हुनुमा यसको गुणहरुको कारण मानिन्छ । बजारमा पालुङ्गो, मेथी, बेथी, चनाको साग मात्र साग हैनन् । यस्ता अनेकौं सागहरु छन् जुन औषधीय गुणले भरिपूर्ण छन् तिनको सेवनले उल्टै इज्जतमा बृद्धि हुनेछ किनकी यस्ता साग पनि दुर्लभ छन् । निग्रो जिब्रोसँग यस श्रेणीमा आउँछन् । अझ थाइ पालुङ्गोको महत्व आफ्नै ठाउँमा छ तर खाने मानिसहरुले तिनलाई महत्व दिँदैनन् र पो ।
मौसममा बजारमा गान्टेमुला (सलगम) देखापर्दछ तर त्यसलाइक्षर्् किन्ने र खानेहरुमा मध्यमबर्गीय या मजदुर वर्गका मानिसहरु हुन्छन् । संभ्रान्तहरुले त आँखा पनि लगाउँदैनन् । यद्यपि भनिन्छ जसले गान्टेमुला खान्छ ऊ कहिले पछुताउन । यस्तो यसकारणले कि गान्टेमुला (सलगम) तरकारी मात्र हैन बरु औषधीय तथा स्वास्थ्यवर्धक तरकाीकोरुपमा पोषणविदहरुबाट अनुमोदित छ ।
यसलाई बीर्यवर्धक मानिन्छ । शीघ्र पचाउने , तागतिलो, भोकजगाउने र छालाको चमक बढाउने, खोकी, मधुमेह नाशक, रक्तसोधक तथा शरीरका सुख्खापन हटाउँछ । यतिमात्र हैन गुणहरुको राजा (सलगम) गान्टेमुला वायुविकार, वाथ, हाड सम्बन्धी रोगहरु तथा दाँतका रोगहरुमा पनि फलदायी मानिन्छ । तर बिडम्बना यसको नियमित सेवन गरिदैन । यसका पातहरुमा भरपूर क्याल्सियम हुन्छ । यसको नियमित सेवनले कफ, वाथ दोष नष्ट हुन्छ । कब्जियतको त यो दुश्मन नै मानिन्छ । यो रातो तथा सेतो दुई किसिमको रङ्गमा पाइन्छ । तर यसको गुणस्तामा केही फरक हुँदैन । यसको सापेक्षित गुणलाई मूल्याङ्कन गर्दै विशेषज्ञहरुले घरेलु उपचारकोरुपमा लाभ उठाउनका लागि (सलगम) गान्टेमुलालाई धेरै लाभकारी तरकारी मानेका छन् ।
यसलाई सेवन गर्दा हुने फाइदा यसप्रकार छन् :
- गान्टेमुला केही दिनसम्म नियमित तरकारीमा या उमालेर भोजनसँग खानाले पुरानोभन्दा पुरानो कब्जियत नष्ट हुनेछ ।
- गान्टेमुला खानाले आन्द्रामा भएको सुख्खा दिशा विस्तारै कमलो भएर निस्कन्छ र आन्द्रा तङ्ग्रिन्छ ।
- यसको सेवनले पुरानो घाउ पनि निको हुन्छ ।
- गान्टेमुलालाई उमालेर अचार बनाउने वा काम मसाला युक्त तरकारीको रुप्मा खानाले अपच, अजीर्ण, मन्दाग्नि नष्टभई ग्यास ठीक हुन्छ ।
- दमको खोकी छात्ति अररो हुने कफ जम्ने रोग गान्टेमुलाले ठीक पार्छ । यसको लागि एक कप गान्टेमुलाको रस एक कप गाजरको रस, एक कप बन्दागोभीको रस तथा आधाकप सिमीको गेडाको रस यसमा मिसाएर विरेनूनसँग दिनमा तीनपटक पिउनाले केही दिनमै फाइदा गर्नेछ ।
- गान्टेमुलाको तरकारी नियमित खानाले क्यान्सरको जोखिम कम हुने दावी गरिन्छ ।
यसरी मुलालाई विविध तरिकाले सेवन गर्नाले न केवल पाचन क्रिया दुरुस्त रहन्छ बरु विविध रोगहरुको पनि उपचार हुन्छ । मुला घरमा कहिलेकाहीँ खाइन्छ तर अव नियमित खानुपर्छ । वस्तुतः मुलाको उत्पादन अव त व्यवसायिक स्तरमा रहेक मौसममा हुन थालेको छ तर जाडोमा उत्पादन भएको मुला बढी स्वादिष्ट र स्वास्थ्यप्रद हुन्छ । एउटा कुरा यो पनि ध्यान दिनुपर्छ कि विना रसायनिक मल हाली उत्पादन मुालमात्र भान्नसाको लागि उपयोगी हुन्छ । मुलाको अचार पनि बनाइन्छ । मुलाको पराठा पनि स्वादिष्ट हुन्छ तर जसरी खानुस फाइदा त भइहाल्छ ।
