मांसाहारी खाना धेरै खाएमा के- के असर हुनसक्छ ?

  • डा. ओम मूर्ति अनिल 

मांसाहारी ब्यक्तिको तौल बढी हुन्छ । जसले गर्दा मधुमेह, उच्च रक्तचाप, बढी कोलेस्ट्रोल जस्ता रोग लाग्ने गर्छ । मांसाहारी मानिसलाई आन्द्रालगायत अरू क्यान्सरको पनि उच्च जोखिम हुन्छ । मांसाहारीलाई मुटुरोगको सम्भावना पनि बढी हुन्छ । वैज्ञानिक रूपमा हेर्दा मांसाहारमा कार्बोहाइड्रेट कम हुन्छ । प्रोटिन र मिनरल्सको मात्रा बढी हुन्छ । यी दुवै फाइदाजनक छ । तर, हुर्कंदै गरेका कुपोषित बच्चाहरूका लागि मात्र यस्तो कुरा महत्वपूर्ण हुन्छ । स्वस्थ व्यक्तिका लागि भने मासु खानैपर्ने बाध्यता चाहि छैन । किनकि, यसमा बोसोको मात्रा बढी हुन्छ । जसले रगतमा कोलेस्ट्रोलको मात्रा बढाउँछ ।

मांसाहारीमा ओभर न्युट्रिसनको समस्या हुन्छ, जसले दूरगामी असर पार्छ । अहिलेको अवस्थामा हाम्रो शरीरलाई फाइबरको आवश्यकता निकै बढी हुन्छ । यसले कोलेस्ट्रोल घटाउने काम गर्छ । तर, फाइबर मासुबाट पाइँदैन । एउटा मात्र कुरा के भने मासुमा भिटामिन बी–१२ को मात्रा हुन्छ । जुन शाकाहारीबाट पाइँदैन । यो तत्वले नसासम्बन्धी समस्या निम्त्याउँछ । तर, सबै शाकाहारी भोजनमा भिटामिन बी–१२ हुँदैन भन्नेचाहिँ होइन ।

मासु कसरी खाने ?
आफ्नो शरीरको अवस्था के छ र मासुबाट के–के तत्व पाइन्छ भन्ने कुरालाई ध्यानमा राखेर मासुको प्रयोग गर्नुपर्छ । मासु आफैँमा हानिकारक भए तापनि धेरैले अत्यधिक प्रयोग गरिरहेका हुन्छन् । यदि खाइहाल्ने हो भने हप्तामा एक दिनभन्दा बढी खानु राम्रो होइन । र, त्यसको परिमाणमा पनि ध्यान दिन जरुरी हुन्छ ।

मासु किन्दा यसको क्वालिटीको विषयमा विशेष ध्यान दिनुपर्छ । एकदमै कम बोसो भएको मासु मात्र प्रयोग गर्नुपर्छ । मासु लिएपछि पकाउने कुरामा पनि विशेष ध्यान दिन जरुरी छ । नत्र शरीरलाई हानि पुर्याउछ । डिप फ्रिजमा राखिएको ससेस, मःमजस्ता प्रोसेस्ड मिट खानेको संख्या पनि ठूलो छ, जुन स्वास्थ्यका लागि अत्यन्तै हानिकारक छ ।

ग्रिल, बेकिङ गरेर र माइक्रो ओभनमा पकाउँदा असर पनि कम गर्छ । मासुमा प्रयोग गर्ने तेलको मात्रालाई पनि विशेष ध्यान दिनुपर्छ । मासु आफैँमा बोसो हुने भएकाले राखेको थप तेलले असर गर्छ । कहिल्यै पनि मासु मात्र प्रयोग गर्नुहुँदैन । त्यसको साथमा फाइबरयुक्त सलाद, सागलगायतको पनि सँगै प्रयोग गर्न जरुरी हुन्छ ।सकेसम्म रेस्टुरेन्टमा तयार पारेको मासुको प्रयोग गर्नुहुँदैन । रेस्टुरेन्टमा पाकेका खाना स्वस्थभन्दा पनि स्वादलाई ध्यानमा राखेर तयार पारिएको हुन्छ । जसले नराम्रो असर पुर्याउछ ।

रेड मिटको प्रयोग सकेसम्म गर्नुहुँदैन । यदि गर्ने नै मन भए महिनामा एकपटक वा निकै कम प्रयोग गर्नुपर्छ । खसी, राँगा लगायतमा रेड मिट हुन्छ र यसमा स्याचुरेटेड फ्याटको मात्रा बढी हुन्छ । धेरैलाई लाग्छ कि चिकेन ह्वाइट मिट हो र यसले कोलेस्ट्रोल बढाउँदैन, जुन गलत हो । यसमा पनि फ्याट हुन्छ । अन्डाको पहेँलो भागमा अत्यधिक कोलेस्ट्रोलको मात्रा हुन्छ । त्यसैले यसको पनि बढी प्रयोग गर्नुहुँदैन ।

माछाबाट अनस्याचुरेटेड फ्याट पाइन्छ, जसले मुटु र मोटोपनमा असर गर्दैन । यसले कोलेस्ट्रोलको मात्रालाई पनि नियन्त्रण गर्न मद्दत गर्छ । तर, यसलाई डिप फ्राई गरेर प्रयोग गर्दा भने यसको अनस्याचुरेटेड फ्याट नष्ट हुन्छ र स्वास्थ्यमा असर पुर्याउछ ।

उच्च रक्तचाप, मधुमेहका रोगीले मासुको प्रयोग नै नगर्दा वा निकै कम गर्दा राम्रो । त्यसैले हामीले स्वाद र स्वास्थ्यलाई सन्तुलनमा राखेर खानु जरुरी हुन्छ ।

सिफारिस

एमाले नेता रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको