रामेछाप – जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई माओवादी केन्द्र रामेछापले स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
प्रतिनिधि सभा सदस्य श्यामकुमार श्रेष्ठकाे पहलमा माओवादी केन्द्र रामेछापले आइतबार स्वास्थ्य सामग्री सहयोग गरेकाे हाे । सांसद श्रेष्ठले आफ्नो मात्र नभएर समग्र माओवादी केन्द्रको तर्फबाट सामाग्री सहयोगगरेको बताए । प्रमुख जिल्ला अधिकारी गाैलाेचन सैजुलाई जिल्लाको ८ वटै स्थानीय तहमा आवश्यकताको आधारमा स्वास्थ्य समाग्री वितरण गर्न अनुरोध गरे ।

उपलब्ध सामग्रीहरु ठूलो अक्सिजन सिलिन्डर १० थान, सानो अक्सिजन सिलिन्डर १५ थान, अक्सिजन कन्सल्ट्रेटर दूई थान, सर्जिकल मास्क ३३ हजार थान, पिपिई सेट १ सय ३० थान, एन नाइनटिन मास्क, २ सय थान सेनिटाईजर ५ लिटरको १० थान, २ सय ५० एमएलको ५ थान, ह्यान्ड ग्लोब्स २ सय सेट, फेस सिल्ड १ सय पिस, अक्सोमिटर ३० सेट, मेडिसिन ४० बक्स रहेकाे छ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नेकपा माओबादी केन्द्र रामेछापका अध्यक्ष मैन कुमार मोक्तान, संविधानसभा सदस्य डिल्लीमान तामाङ, लक्ष्मी गुरुङ,जिल्ला कार्यसमीति सदस्य राम बहादुर तामाङ, जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नवराज ढुंगाना, जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्ण लगायतको उपस्थिति रहेको थियो ।
