कोपा अमेरिका : चिलीसंग बराबरीमा रोकियो अर्जेन्टिना

कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न पहिलो खेलमा अर्जेन्टिना र चिली बराबरीमा रोकिएका छन्। ओलम्पिक स्टेडियममा सम्पन्न समूह ‘बी’ को खेलमा यी दुई टोली बराबरीमा रोकिएका हुन्।

खेलको ३३ औं मिनेटमा अर्जेन्टिनाले कप्तान लियोनल मेस्सीको गोलमा अग्रता बनाएको थियो। पहिलो हाफमा अघि रहेको अर्जेन्टिनासँग चिल्लीले दोस्रो हाफमा बराबरी गर्‍यो। खेलको ५७ औं मिनेटमा इडुआर्दा भार्गसले गोल गर्दै चिलीलाई बराबरीमा ल्याए। पेनाल्टीमा पाएको अवसरमा आर्टुरो भिडालले गरेको प्रहार अर्जेन्टिनाका गोलकिपर एलिमियानो मार्टिनेजले बचाउँदा रिबाउन्ड भएर आएको बललाई उनले सदुपयोग गर्दै गोल गरेका थिए। र, खेल १-१ को बराबरीमा रोकियो।

अघिल्लो हप्ता सम्पन्न विश्वकप क्वालिफायर्सको दक्षिण अमेरिकी छनोटमा पनि यी दुई टोली १-१ को बराबरीमा नै रोकिएका थिए।

प्रतियोगितमा ५/५ टिमको दुई समूह बनाइएको छ। दुबै समूहका शीर्ष चार टोलीले प्रतियोगिताको क्वाटरफाइनल खेल्ने छन्।

समूह ए

ब्राजिल, कोलम्बिया, इक्वेडर, भेनेजुएला, पेरु

समूह बी

अर्जेन्टिना, पाराग्वे, उरुग्वे, चिली, बोलिभिया

सिफारिस

माघ ४ गतेदेखि नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी

काठमाडौं - नेपाली सेनाले सेनादिवसको अवसर पारेर मिति २०८२ माघ ४ गतेदेखि ७ गतेसम्म जङ्गी अड्डामा नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ आयोजना गर्ने...

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

धेरै पढिएको