तेस्रो लहरको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले निकाल्यो यस्तो विज्ञप्ति

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड– १९) संक्रमणको तेस्रो लहर फैलिने जोखिम बढेको ‘चेतावनी’ दिएको छ।

मन्त्रालयले बिहीबार एक वक्तव्य जारी गर्दै संक्रमणको वढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने ‘चेतावनी’ दिएको हो। तेस्रो लहरको जोखिम बढेकाले अस्पतालका शय्या र अक्सिजन चुस्त दुरुस्त राख्न पनि मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालयले काठमाडौं उपत्यकासहित धेरै जिल्लामा पछिल्लो समय संक्रमण बढ्दै गएको पनि जानकारी दिएको छ।

काठमाडौंसहित ललितपुर, भक्तपुर, मोरंङ, सुनसरी, झापा, चितवन, कास्की, रुपन्देही र कैलाली जिल्लामा कोरोना भाइरसका संक्रमितको संख्या ५०० भन्दा बढी पुगेको मन्त्रालयले जानकारी दिएको छ।

यस्तै, २०० भन्दा धेरै सक्रिय संक्रमित रहेका जिल्लाको संख्या २६ पुगेको पनि मन्त्रालयको भनाइ छ।

‘संक्रमण जति घट्नु पर्ने हो त्यति घट्न सकिरहेको छैन। हाल निषेधाज्ञा खुकुलो भएको अवस्थामा अझैपनि वुझी नबुझी लुकिछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यका मापदण्डहरूको उलंघन भई रहेको देखिन्छ। विगत एक हप्तामा संक्रमित हुने दर बढ्दो क्रममा छ,’ स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिर कुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सिफारिस

को हुन् एमालेबाट राष्ट्रियसभा सदस्यमा मनोनीत शाक्य ?

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा.अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेका छन्। नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम शाक्यलाई राष्ट्रियसभा...

विद्यार्थी भर्ना गर्दा एक महिनाको भन्दा बढी र अर्को कक्षामा भर्ना गर्दा शुल्क लिए कारबाही

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको १ महिनाको भन्दा बढी लिन नपाउने भएका छन् । महानगरले बिहीबार एक...

नेपाली सेनाले माग्यो ठूलो संख्यामा दरखास्त (सूचनासहित)

काठमाडौं -नेपाली सेनाले सैन्य तथा विभिन्न ट्रेड फलोअर्सको रिक्त स्थान पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। आज बिहानै सेनाले एक सूचना प्रकाशित गर्दै ती पद...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

विद्यार्थी भर्ना गर्दा एक महिनाको भन्दा बढी र अर्को कक्षामा भर्ना गर्दा शुल्क लिए कारबाही

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क...

नेपाली सेनाले माग्यो ठूलो संख्यामा दरखास्त (सूचनासहित)

काठमाडौं -नेपाली सेनाले सैन्य तथा विभिन्न ट्रेड फलोअर्सको रिक्त...

विदा भए प्रहरीका एआईजी सन्दीप र मीरा

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवानिवृत्त...

यी चार प्रदेशमा आज मेघगर्जन र चट्याङसहित वर्षा हुने

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

कस्तो रहला आजको मौसम ?

यतिबेला (बिहीबार बिहान) सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश...

धेरै पढिएको