जोखिमभत्ता माग्दा प्रहरी बोलाएर जागेश्वर गौतमले यसरी कुटाए स्वास्थ्यकर्मी

काठमाडौं- कोरोना महामारीमा खटिएबापतको सेवा सुविधा माग गर्दै आन्दोलनरत वीर अस्पतालका कर्मचारीमाथि कुटपिट भएको छ। माग सम्बोधनका लागि दबाब दिन कोभिड युनिफाइड केन्द्रीय अस्पताल वीरका प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमको कार्यकक्षमा पुगेका कर्मचारीहरुमाथि हातपात भएको हो।

विगत आठ महिनादेखि जोखिमभत्ता र सेवा सुविधा नपाएको भन्दै उनीहरु आन्दोलनरत छन्। पटक-पटक सेवा सुविधा पाउनुपर्ने माग राखे पनि पूरा नभएपछि उनीहरु पुनः माग सम्बोधनका लागि दबाब दिन डा. गौतमको कार्यकक्षमा पुगेका थिए।

वार्ताकै क्रममा प्रहरीले चार जना महिला कर्मचारीमाथि हातपात गरेको नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले बताए। ‘सेवा सुविधाका लागि पटक-पटक भन्दा पनि नभएपछि हामीले पुनः आग्रह गर्नका लागि गर्‍यौं। सेवा सुविधा नपाएपछि कर्मचारीहरु आक्रोशित त हुन्छन् नै,’ उनले भने।

वार्ताकै क्रममा उठेर जान खोजेपछि आक्रोशित कर्मचारीहरुले ढोका बन्द गरेर वार्ता गर्न भन्दा डा. गौतमले प्रहरी बोलाएको उनले बताए। प्रहरीको कुटपिटबाट चार जना महिला कर्मचारी घाइते भएको आचार्यको भनाइ छ। उनका अनुसार तीन जना नर्सिङ कर्मचारी र एक कार्यालय सहयोगीसहित चार जना घाइते भएका हुन्।

‘उहाँले म दिन सक्दिनँ। जे गर्नु छ, गर्नुस् भन्ने जस्तो कुरा गरेर उठ्न खोज्नुभयो। भाग्न खोजेपछि कर्मचारीहरुले ढोका बन्द गरेर तपाईं बस्नुस् निकास निकाल्नुपर्छ भन्ने किसिमले कुरा गर्न खोज्दा उहाँले प्रहरी बोलाउनुभयो,’ आचार्यले भने, ‘प्रहरी ढोका फोडेर भित्र पस्यो र महिला कर्मचारीलाई लात्तीले हानेर कुटपिट गरेको छ।’

आठ महिनादेखि सेवा विस्तार भत्ता, औषधि उपचार भत्ता, कोभिड १९ जोखिम भत्ता नपाएको आन्दोलनरत कर्मचारीले बताएका छन्। कर्मचारीले डा. गौतमले समस्या समाधान गर्नुको सट्टा प्रहरी बोलाएर कुटपिट गरेको आरोप लगाएका छन्।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको