कार्यकर्ता भर्ती गरेर बनाएको सुकुम्बासी आयोग खारेज गरिएको हो : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी कार्यकर्ता भर्ती गरेर बनाएको आयोग खारेज गरिएको बताएका छन्। मंगलबार बसेको मन्त्रिपरिषदले नेकपा एमालेका नेता देवी ज्ञवालीको अध्यक्षतामा रहेको भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गरेको थियो।

आयोग विघटन भएको भोलिपल्ट बुधबार चितवन पुगेर सत्तारूढ कांग्रेसका नेता थापाले पार्टी कार्यकर्ता भर्ती गरेर बनाएको आयोग खारेज गरिएको जिकीर गरे।

‘सुकुम्बासी आयोग भंग भयो। यो आयोग भंग गरेको भनेको यहाँको सुकुम्बासीलाई जग्गा दिने काम बन्द भयो भनेको होइन,’ राप्ती नगरपालिका वडा नम्बर ९ को नवनिर्मित भवन उद्घाटन गर्दै थापाले भने, ‘पार्टी कार्यकर्ता भर्ती गरेर बनाएको आयोग खारेज गरेको हो।’

उनकाअनुसार पटकपटक गरिएका अध्ययनले जग्गा दिन आवश्यक पहिचान गरेकाहरूलाई जग्गा दिइने व्यवस्था सरकारले मिलाउने पनि बताए।

‘जति सुकुम्बासीलाई जग्गा दिन भनेर पहिचान भएको छ, उनीहरूलाई अबको १२ देखि १५ महिना भित्रमा उनीहरूलाई जग्गा प्राप्तिबारे सरकारले आजभोलि नै निर्णय गर्छ। त्यो काम टुंग्याएर जान्छ,’ उनले भने।

सरकारले यस्ता कामबारे जनतासँग राम्रोसँग सम्वाद गर्नुपर्ने आवश्यकता रहेको थापाले बताए। ‘काम मात्रै गरेर हुन्न सही ढंगले जनतासँग संवाद गर्नुपर्छ,’ उनले भने, ‘अघिल्लो सरकारले पारेका प्वाल टाल्ने हो। सबैलाई मिलाएर यो सरकारले लैजानुपर्छ। सम्हाल्नुपर्छ।’

सिफारिस

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस। ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै १३५ वर्षअघि अमेरिकाको सिकागो सहरका श्रमिकले सडकमा ओर्लिएर...

मौसम: आज कहाँ पर्छ पानी ?

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (बुधबार बिहान) कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था...

घट्यो डिजेल-मट्टितेलको मूल्य

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो। इण्डियन आयल कर्पोरेशनबाट...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मौसम: आज कहाँ पर्छ पानी ?

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

घट्यो डिजेल-मट्टितेलको मूल्य

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।मंगलबार...

इलाममा माधव नेपालको पार्टीको हरिबिजोग, जितबहादुरले पाए जम्मा ४०८ मत

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ...

इलाममा घण्टी उम्मेदवार मिलन लिम्बूको जमानत जफत

इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन योङहाङ लिम्बूको...

इलाम- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ विजयी

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ...

सिधा कुरालाई समाचार र भिडियो हटाउन सर्वोच्चको आदेश

काठमाडौं - सर्वोच्च अदालतले स्टिङ अपरेसनसम्बन्धी प्रकाशित समाचार २४...

धेरै पढिएको