नेपाल पक्षले बैठक बोलाएपछि सूर्य थापाको कटाक्ष, गाईजात्रा नभएर गाेरुजात्रा नै गर्न लागे

काठमाडौँ – एमाले अध्यक्ष ओली प्रधानमन्त्री रहँदा प्रेस सल्लाहकार रहेका एमाले नेता सूर्य थापाले ‘पार्टीको बैठकमा नआउने तर गुटकाे भेलालाई बैठक नै भनेर हल्ला गर्ने ?’ भन्दै नेपाल समूहकाे बैठकप्रति प्रश्न उठाएका छन् । उनले माधव समूहले गाईजात्रा नभएर गाेरुजात्रा नै गर्न लागेकाे समेत बताएका छन् ।

सामाजिक सञ्जालमार्फत थापाले भनेका छन्, ‘संविधान, कानुन, विधान, विधि र पद्धतिअन्तर्गत त यस्ताे अनधिकृत र गैरकानुनी कार्य गर्न पाइँदैन । अझ माधव कु. नेपालकाे विधि,पद्धतिकाे रटानविपरीत यसाे गर्न किमार्थ मिल्दैन । खासमा यसाे गर्नु गाईजात्रा नभएर गाेरूजात्रा नै हुन्छ !’

नेपाल पक्षको केन्द्रीय सदस्यहरूको बैठक अहिले ११ बजे शंखमुलस्थित क्वालिटी पार्टी प्यालेसमा बस्ने गरी आह्वान गरिएको छ।

यसअघि बुधबारका लागि तय भएको बैठक केन्द्रीय सदस्यहरु उपत्यकाबाहिर रहेकाले सारिएको थियो। एमालेभित्रको एकता र भावी रणनीतिका विषयमा छलफल गर्न नेपालले केन्द्रीय सदस्यहरूको बैठक बोलाएको एक नेताले बताए।

यसैबीच, पार्टी अध्यक्ष ओलीपक्षले भने नेपाल समूहको बैठकलाई अनधिकृत भनेको छ।

बुधबार साँझ केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले एक विज्ञप्ति निकाल्दै बिहीबार बस्न लागेको नेपाल पक्षको केन्द्रीय कमिटी बैठक अनधिकृत भएको बताएका छन्।

सिफारिस

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस। ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै १३५ वर्षअघि अमेरिकाको सिकागो सहरका श्रमिकले सडकमा ओर्लिएर...

मौसम: आज कहाँ पर्छ पानी ?

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (बुधबार बिहान) कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था...

घट्यो डिजेल-मट्टितेलको मूल्य

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो। इण्डियन आयल कर्पोरेशनबाट...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मौसम: आज कहाँ पर्छ पानी ?

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

घट्यो डिजेल-मट्टितेलको मूल्य

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।मंगलबार...

इलाममा माधव नेपालको पार्टीको हरिबिजोग, जितबहादुरले पाए जम्मा ४०८ मत

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ...

इलाममा घण्टी उम्मेदवार मिलन लिम्बूको जमानत जफत

इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन योङहाङ लिम्बूको...

इलाम- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ विजयी

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ...

सिधा कुरालाई समाचार र भिडियो हटाउन सर्वोच्चको आदेश

काठमाडौं - सर्वोच्च अदालतले स्टिङ अपरेसनसम्बन्धी प्रकाशित समाचार २४...

धेरै पढिएको