एमाले विवाद वारपार गर्न माधव नेपाल पक्षको बैठक सुरु, को -को पुगे ?

काठमाडौं – नेकपा एमाले विभाजन वा एकताको बारेमा निर्णय गर्न वरिष्ठ नेता माधवकुमार नेपालले आह्वान गरेको नेपालपक्षीय केन्द्रीय कमिटी बैठक शुरू भएको छ ।

बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा बोलाइएको बैठकमा सहभागी हुन नेपालसहित भीम रावल, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायतका  नेताहरू पुगिसकेका छन् । पार्टी एकताको सन्दर्भमा केन्द्रीय सदस्यहरूको राय बुझ्न नेपालले बैठक बोलाएका हुन् ।

आजको बैठकले एमाले विभाजन हुने नहुनेबारे अन्तिम टुंगो लाग्ने एमाले नेताहरुको भनाइ छ ।

अहिलेसम्मको परिस्थिति हेर्दा पार्टी एकताका लागि भइरहेको प्रयास उत्साहजनक नभएको नेपाल पक्षका एक नेताले बताए । ओली पक्षले बुधबार साँझ एक विज्ञप्ति जारी गरि नेपाल पक्षले बेलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यलाई अपिल जारी गरिसकेको छ । ओली पक्षले बैठक अवैधानिक भएको पनि बताएको छ ।

केन्द्रीय सदस्य गंगालाल तुलाधरका अनुसार बैठक समसामयिक राजनीति र पार्टी एकताका सन्दर्भमा छलफल हुने छ । माधव नेपाल पक्षका अर्का एक नेताका अनुसार एमालेभित्रको अन्यौल अबको केही घण्टामा नै समाप्त हुने छ ।

थप एजेण्डा तय गर्न केन्द्रीय कमिटी बैठक बस्नुअघि स्थायी कमिटी बैठक बस्ने छ । उनले भने, ‘केन्द्रीय कमिटी बैठक सुरु हुनुअघि स्थायी कमिटीको बैठक बस्छ । थप एजेण्डा त्यही बैठकले तय गर्छ ।’

प्रतिनिधिसभा पुनर्स्थापना र नयाँ सरकार बनेपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटी बैठकलाई महत्वका साथ हेरिएको छ ।

माधव समूहले पार्टी फुटाएर जान केन्द्रीय कमिटीको म्यान्डेट लिनका लागि बैठक राखेको एमालेको केपी ओली पक्षको बुझाइ छ । माधव नेपाल पक्ष कसरी अगाडि बढ्छ भन्ने टुंगो लागिसकेको छैन । तर यो समूहले छुट्टै बैठक बोलाएपछि एमालेमा हुँदै आएको एकता प्रयास अवरुद्ध भएको र मिल्ने सम्भावना कम हुन थालेको विश्लेषण हुन थालेको छ ।

 

 

सिफारिस

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस। ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै १३५ वर्षअघि अमेरिकाको सिकागो सहरका श्रमिकले सडकमा ओर्लिएर...

मौसम: आज कहाँ पर्छ पानी ?

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (बुधबार बिहान) कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था...

घट्यो डिजेल-मट्टितेलको मूल्य

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो। इण्डियन आयल कर्पोरेशनबाट...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मौसम: आज कहाँ पर्छ पानी ?

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

घट्यो डिजेल-मट्टितेलको मूल्य

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।मंगलबार...

इलाममा माधव नेपालको पार्टीको हरिबिजोग, जितबहादुरले पाए जम्मा ४०८ मत

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ...

इलाममा घण्टी उम्मेदवार मिलन लिम्बूको जमानत जफत

इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन योङहाङ लिम्बूको...

इलाम- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ विजयी

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ...

सिधा कुरालाई समाचार र भिडियो हटाउन सर्वोच्चको आदेश

काठमाडौं - सर्वोच्च अदालतले स्टिङ अपरेसनसम्बन्धी प्रकाशित समाचार २४...

धेरै पढिएको