रामेछाप -नेपाल सरकारकाे तपाईंको मास्क खै ? अभियान रामेछापकाे सदरमुकाम मन्थलीमा संचालन भैरहेकाे छ । अभियान अन्तर्गत अाज रामेछापकाे सदरमुकाे मन्थली बजारमा मास्क नलगाउने यात्री तथा व्यवसायीलाई प्रजिअ गाैलाेचन सैजुले मास्क वितरण गरेका छन् ।

काेभिड १९ संक्रमण नियन्त्रण गर्न सरकारले देशभर साताव्यापी अभियानकाे रुपमा सुरु गरेकाे तपाईंको मास्क खै ? अभियान मन्थलीमा संचालन गर्ने क्रममा अाज रामेछापका प्रमुख जिल्ला अधिकारी गाैलाेचन सेैजुले मास्क नलाइ हिन्ने नागरिक र मास्क नलगाई बसेका व्यवसायीलाई मास्क लगाउन आग्रह गर्दै मास्क वितरण गरेका छन् । प्रजिअ सैजुले मास्क वितरण गर्दै नागरिक स्तरमा मास्क लगाउनु पर्छ भन्ने चेतना भएपनि मास्क लगाउने कुरामा नागरिकल हेलचेक्राइ गरेकाे पाइएकाे बताए ।
उनले काेभिड १९ काे महामारीबाट वच्न मास्क अनिर्णय भएकाे भन्दै मास्क लगाउन सबैलाई अाग्रह गरेका छन् । यसैगरि अभियानमा रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज ढुङ्गानाले मास्क नलागाउनेलाइ मास्क लगाउन अाग्रह गर्दैमास्क नलाइ हिन्नेलाइ कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश” २०७८ अनुसार कार्वाही गरिने भन्दै सचेत गराएका छन् ।

तपाईंको मास्क खै ? अभियान कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेत , प्रमुख जिल्ला अधिकारी गाैलाेचन सैजु ,जिल्ला प्रहरी प्रमुख नवराज ढुङ्गाना ,सशस्त्र प्रहरी प्रमुख केशवराज प्याकुरेल , नागरिक समाजका अगुवा , संचारकर्मी लगाएको सहभागीता रहेकाे थियाे । उक्त कार्यक्रम जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्र रामेछापले संयुक्त रुपमा संचालन गरेका हुन ।
