प्रहरीको नयाँ तलब स्केल : आईजीपीको ६६ हजार पुग्दा जवानको कति ?

काठमाडौँ – यही साउन १ गतेदेखि प्रहरीको नयाँ तलब स्केल लागू भएको छ । प्रहरी संगठनमा सबैभन्दा धेरै प्रहरी महानिरीक्षक (आईजीपी) को ६६ हजार ८ सय ६० रुपैयाँ तलब कायम भएको छ ।

सबैभन्दा थोरै रिक्रुटले २१ हजार ४ सय ८० रुपैयाँ तलब पाउँछन् । अघिल्लो वर्षभन्दा यो वर्ष सबै पदमा समानरुपमा २ हजार रुपैयाँ तलब बृद्धि भएको हो ।

आइजीपी र एआइजीको तलब स्केल बराबर छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को तलब ६६ हजार ८ सय ६० पुगेको छ । प्रहरी नायब महानिरीक्षक (डीआईजी) को ५८ हजार ३ सय १ रुपैयाँ पुगेको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तलब को ५५ हजार ९ सय ६४ रुपैयाँ पुगेको छ भने प्रहरी उपरीक्षक (एसपी) को तलब ५३ हजार ४० रुपैयाँ पुगेको छ ।

यस्तै प्रहरी नायव उपरीक्षक (डीएसपी)को ४९ हजार ४ सय ४५ रुपैयाँ कायम भएको छ भने प्रहरी निरीक्षक (इन्स्पेक्टर) को तलब ४८ हजार १ सय २६ रुपैयाँ पुगेको छ ।

प्रहरी नायव निरीक्षक (सई) को तलब ३८ हजार २ सय ५६ रुपैयाँ र प्रहरी सहायक निरीक्षक(असई) को ३५ हजार २ सय ४१ रुपैयाँ तलब कायम भएको छ पुगेको छ ।

त्यस्तै, प्रहरी हवल्दारको २९ हजार ६ सय १७ रुपैयाँ र प्रहरी जवानको २८ हजार ७ सय ३६ रुपैयाँ तलब तोकिएको छ । रिक्रुटको २१ हजार ४ सय ८० रुपैयाँ कायम भएको छ । फलोअर्स, सयस समेतको सुरुको तलब स्केल २१ हजार ४ सय ८० रुपैयाँमा १० औं ग्रेडको प्रतिग्रेड ७ सय १६ रुपैयाँका दरले २८ हजार ६ सय ४० रुपैयाँ कायम भएको छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको