सरकारको पहिलो निर्णय : यी बिरामीहरुले अब उपचारको लागि ३ लाख पाउने

बुटवल –  नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको लुम्बिनी प्रदेश सरकारले क्यान्सर, किड्नी परिवर्तन र मुटुको भल्व फर्नुपर्ने बिरामीहरुलाई उपचारका लागि थप दुई लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

मुख्यमन्त्री केसीको अध्यक्षतामा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले क्यान्सर, किड्नी परिवर्तन र मुटुको भल्व फर्नुपर्ने बिरामीहरुलाई हाल पाइरहेको सुविधाका अतिरिक्त प्रदेश सरकारको तर्फबाट थप दुई लाखका दरले उपलब्ध गराउने निर्णय गरेको हो ।

यसअघि यी बिरामीले १ लाख पाउँदै आएका थिए। अब सरकारले दुई लाख थपेसंगै यस्ता बिरामीले ३ लाख पाउने छन्।

बैठकले मातृ मृत्युदर कम गर्न लुम्बिनी प्रदेशका स्थानीय तहको मागको आधारमा एक-एक वटा पोर्टेवल अल्ट्रासाउन्ड मेसिनसहित तालिम प्राप्त नर्स उपलब्ध गराउने पनि निर्णय गरेको छ ।

बैठकले प्रदेश ५, प्रदेश सरकार (कार्यसम्पादन पहिलो संशोधन) नियमावली २०७८ स्वीकृत गरेको छ । यस्तै कोभिड १९ का बिरामीको तत्काल उद्दार गर्न हटलाइन र सवारी साधन एम्बुलेन्सको व्यवस्था गर्ने र सो को खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय पनि गरेको छ ।

यसैगरी कोरोना प्रभावित क्षेत्रमा घुम्ती शिविरमार्फत एन्टिजेन टेष्टको व्यवस्था गरी कोभिड प्रभावितको उपचार र उद्दार गर्ने पनि निर्णय गरेको छ । यसैगरी कोभिड १९ विरुद्धको खोप वितरण प्रणालीलाई प्रभावकारी बनाई प्रदेशबासी जनतालाई खोपको सुनिश्चिता गर्न विशेष व्यवस्था गर्ने निर्णय भएको प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिए ।

बैठकले सरकारको प्रवक्तामा कृष्णध्वज खड्कालाई चयन गरेको छ । यसैगरी मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा अम्मरबहादुर डाँगीलाई नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिए ।

नेकपा एमालेका तत्कालिन सांसद डाँगीले गत वैशाखमा पदबाट राजीनामा दिएका थिए ।

सिफारिस

 उर्जामन्त्री खड्का भारतको नयाँदिल्ली प्रस्थान

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया इनर्जी विक–२०२५’ मा भाग लिन नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । भारतको राजधानी नयाँदिल्लीमा फ्रेबुअरी ११ देखि...

प्रचण्डको सचिवालयमा जिम्मेवारी हेरफेर, क–कसले पाए जिम्मेवारी ?

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्ल सचिवालयबाट बाहिरिएका छन् । मल्लले सामाजिक सञ्जाल फेसबुकमार्फत आइतबारदेखि अध्यक्ष प्रचण्डको...

क्यानडालाई ५१ औँ राज्य बनाउने ट्रम्पको चाहना, होला त पूरा ?

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई ५१ औँ राज्य बनाउन चाहेको बताएका छन्। उनले क्यानडाका कारण वार्षिक दुई अर्ब अमेरिकी डलर खर्च भइरहेको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रचण्डको सचिवालयमा जिम्मेवारी हेरफेर, क–कसले पाए जिम्मेवारी ?

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका...

क्यानडालाई ५१ औँ राज्य बनाउने ट्रम्पको चाहना, होला त पूरा ?

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई ५१ औँ...

आजको मौसम: तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपात

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

पश्चिमी वायुको प्रभाव, यी पाँच प्रदेशमा हिमपातको सम्भावना

काठमाडौँ - हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको...

उल्लू महोत्सवमा झिझिया नाचको रौनक (तस्वीरहरू)

मधेश प्रदेशमा आयोजना हुने उल्लू महोत्सव सांस्कृतिक विविधता झल्काउने...

आजदेखि मिथिला बिहारीमा लाटोकोसेरो तथा हुचिल उत्सव (तस्वीरहरू)

जनकपुरको मिथिला बिहारी नगरपालिका-२ र ३ मा आयोजनामा लाटोकोसेरो...

धेरै पढिएको