नेपालले टेष्ट मान्यता प्राप्त देश भारत र बंगलादेशसँग क्रिकेट खेल्ने

काठमाडौं – नेपालले यही नोभेम्बरमा इमर्जिङ टिम्स एसिया कपमा टेष्ट मान्यता प्राप्त देश भारत र बंगलादेशसँग क्रिकेट खेल्ने भएको छ ।

एसियन क्रिकेट काउन्सिल (एससीसी) ले बिहीबार निकालेको खेल तालिकामा नेपाल भारत र बंगलादेशसँगै समूह ‘बी’ मा परेको छ । हङकङ पनि यही समूहमा रहेको छ ।
यस्तै, समूह ‘ए’ मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र ओमान रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेल भारतसँग नोभेम्बर १४ तारिखमा खेल्नेछ । त्यस्तै, १६ तारिखमा हङकङसँग खेल्ने नेपालले बंगलादेशसँग १८ तारिखमा खेल्नेछ ।

नोभेम्बर १४ देखि २३ तारिखसम्म आयोजना हुने एसिया कप  ५० ओभरको हुनेछ । समूहको विजेता र उविजेताले सेमिफाइनलमा स्थान बनाउने छन् । सेमिफाइनल खेल २० र २१ तारिखमा हुनेछ । फाइनल खेल २३ तारिख शनिबार बंगलादेशको मिरपुरमा हुनेछ ।

नेपाली सिनियर क्रिकेट टिमले पहिलो पटक एसिया कप खेल्न लागेको हो । यसअघि २०१८ मा भएको एसिया कपमा ६ देशको मात्रै सहभागिता थियो ।

यूएईमा भएको एसिया कप भारतले उपाधि जित्दा पाकिस्तान, श्रीलंका, अफगानिस्तान हङकङ र ओमानले खेलेका थिए । यो पटक भने टिम थप गरि ८ पुर्‍याइएको हो ।

सिफारिस

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडौं - इन्द्रजात्राको दोस्रो दिन काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ। पास्नी गरिसकेका तर ईही (बेल विवाह) नगरेका २ देखि ८ वर्ष...

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा विधिवत् सुरु भएको छ। भाद्र शुक्ल द्वादशीका दिनदेखि आठ...

भर्खरै

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो...

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

धेरै पढिएको