देउवा प्रधानमन्त्री भएयता कतिले लगाए कोरोनाविरुद्धको खोप ?

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएयता मात्र ४८ लाखभन्दा बढी नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन्।

गठनबन्धन सरकार बनेको ५ साताभित्र ४८ लाखभन्दा बढी नागरिकले कोरोनाविरुद्ध खोप लगाएका हुन्।देउवा प्रधानमन्त्री भएयता गत बिहीबारसम्म ४८ लाख ११ हजार ७ सय ३३ जनाले कोरोना खोप लगाएको उनको सचिवालयले जानकारी दिएको हो।

योसँगै अहिलेसम्म देशभर खोप लगाउने संख्या ८५ लाख २० हजार ४ सय २१ पुगेको छ।देउवा प्रधानमन्त्री हुनुअघि करिब ३६ लाख नागरिकले मात्रै कोराना खोप लगाएका थिए।

अहिले खोप लगाएकामध्ये ३७ लाख ८ हजार ६ सय ८८ जनाले दुवै डोज र ३७ लाख ८ हजार ६ सय ८८ जनाले पहिलो डोज लगाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार अहिले दुवै डोज खोप लगाउनेको संख्या कूल जनसंख्याको १३ प्रतिशत पुगेको छ भने पहिलो डोज लगाउनेको संख्या १६ दशमलव ८ प्रतिशत छ।

देउवा प्रधानमन्त्री हुनुअघि दुवै डोज खोप लगाउनेको संख्या ३ दशमल ९ प्रतिशत मात्रै थियो भने पहिलो डोज खोप लगाउनेको संख्या ९ दशमलव १ प्रतिशत थियो।

पछिल्लो पाँच हप्तामा कोरोना खोप लगाउनेको संख्या झण्डै दोब्बर पुगेको हो।सरकारले असोज मसान्तसम्ममा जनसंख्याको ३३ प्रतिशत जनतालाई कोरोना खोप निःशुल्क लगाउने घोषणा गरेको छ।

चैत मसान्तसम्म खोप लगाउन योग्य सै नागरिकलाई निःशुल्क खोप दिलाउने प्रधानमन्त्री देउवाको तयारी छ।कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएलगत्तै उनले पहिलो प्राथमिकता नै जनतालाई निःशुल्क खोप भनेका थिए।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको