जनैपूर्णिमाका दिन किन खाइन्छ क्‍वाटी ? यस्ता छन् फाइदा

काठमाडौँ – जनैपूर्णिमाका दिन ११ थरिका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्‍वाटी खाइन्छ। यसरी क्‍वाटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ।

विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्‍वाटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा शेषराज आचार्य बताउँछन्। यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकी जस्ता रोग पनि निको हुने उनले सुनाए।

क्वाटीको खास अर्थ तातो झोल पदार्थ भन्ने हुन्छ । धार्मिक मान्यता अनुसार नौ थरीका गेडागुडीको मिश्रण गरी, त्यसको टुसा उमारेर प्रत्येक श्रावण शुक्ल पूर्णिमा अर्थात जनै पूर्णिमाको रातमा क्वाटी खाने गरिन्छ । क्वाटी जनै पूर्णिमाको विशेषता नै हो ।

खासगरी वर्षायाममा खेती किसानी गर्नेहरुलाई बढी पौष्टिक आहार चाहिने भएकाले पनि क्वाटीको प्रचलन सुरु भएको मानिन्छ । क्वाटीबाट पूर्ण प्रोटिन पाइने पोषणविदहरुको भनार्ए छ । यसलाई शक्तिवर्दक खान्कीको रुपमा लिइन्छ ।

क्वाटी खाँदा पेट प्राकृतिक रुपले नै सफा हुन्छ । ठूला मान्छेलाई नै यसले कब्जियतबाट जोगाउँछ भने बालबालिकालाई त यो राम्रो डाइट नै हुन्छ । क्वाटी रेसादार खानाको स्रोत हो ।

क्वाटीले मधुमेह, पायल्स जस्ता समस्या भएकाहरुलाई समेत फाइदा गर्ने वताइन्छ । क्वाटीमा भिटामिन ए, भिटामिन वि, भिटामिन सि, भिटामिन इ तथा खनिज पदार्थ पर्याप्त मात्रामा पाइन्छ । यसले रोगी, बालबालिका तथा बृद्धमा हुने कुपोषणबाट समेत बचाउँछ । टुसाएको गेडागुडीमा क्षरीय गुण बढी हुन्छ ।

त्यसैले क्वाटी खानाले एसिडिटी तथा मूत्रनलिको संक्रमण जस्ता समस्याबाट पनि छुटकारा मिल्छ । यसले पाचन शक्तिमा सुधार ल्याउँछ । गेडागुडीमा हुने सबै पौष्टिक तत्व शरीरले लिने भएकाले यसले शक्ति र सौन्दर्य दुबै दिन्छ । क्वाटी खानाले शरीरमा रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

यस्ता छन् क्वाँटीका फाइदा :

-कब्जियतको समस्या हटाउँछ। क्वाँटी रेसादार खानाको स्रोत हो।

-मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ। तर मधुमेह भएकाले चिकित्सक तथा डाइटिसियनसँग भने एकपटक सल्लाह लिन आवश्यक छ।

-यसले बूढो हुने गति मन्द पार्नुको साथै मानिसलाई सुन्दर स्वस्थ र रोगमुक्त पार्दछ।

-तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई चाहिने शक्तिको स्रोत दिन्छ।

-यो सजिलै पाच्य हुन्छ।

-पेटमा अनावश्यक वायु बनाउँदैन।

-क्वाँटीमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुन्छ । यसले शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ।

-रोग प्रतिरोधात्मक शक्ति बढाउँछ।

-रोगी, बालवालिका तथा बृद्धमा हुने कुपोषण हटाउन सकिन्छ।

-क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ।

-मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ।

-रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ।

-टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ। त्यसैले, क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्छ।

-पाचनशक्तिमा सुधार ल्याउँछ।

-गेडागुडीमा हुने सबै पौष्टिक तत्त्व शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार आउँछ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको