भारतीय खेलाडीले भरिएको हेल्प नेपाललाई पराजित गर्दै आर्मी बन्यो च्याम्पियन

काठमाडौं –  छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत हेल्प नेपाललाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले पुरुषतर्फको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको फाइनलमा साविक विजेता हेल्प नेपाललाई ३-१ को सेटमा पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो ।

रोमान्चक बनेको खेलमा आर्मीले पहिलो सेट २६-२४ ले जितेको थियो । भारतीय खेलाडीले भरिएको हेल्प नेपालले दोस्रो सेट २५-१७ ले जित्न सफल भयो ।

तेस्रो सेटमा आर्मीले २५-१८ ले सहजै आफ्नो बनायो । तर, चौंथो सेट ३३-३१ को संघर्षपूर्ण सेटमा जित निकाल्दै आर्मीले उपाधि आफ्नो बनाएको हो । पुरुषतर्फ नेपाल पुलिस क्लबले तेस्रो स्थान हासिल गर्यो ।

महिलातर्फको उपाधि न्यु डायमन्ड स्पोर्ट्स क्लबले हात पार्यो । शनिबार नै भएको फाइनलमा साविक विजेता एपीएफ क्लबलाई ३-१ को सेटमा पराजित गर्दै न्यु डायमन्ड च्याम्पियन बनेको हो ।

पहिलो सेट गुमाएको न्यु डायमन्डले उत्कृष्ट पुनरागमन गरेको थियो । एपीएफले पहिलो सेटमा न्यु डायमन्डलाई २६-२४ ले हराएको थियो ।

तर, त्यसपछिको सेटमा न्यु डायमन्डले एपीएफमाथि २५-२१, २५-१७ र २५-१५ को जित निकाल्यो ।

महिलातर्फ त्रिभुवन आर्मी क्लब तेस्रो भयो ।  च्याम्पियनसिपको महिला र पुरुष दुबैको विजेताले ४ लाख प्राप्त गरे । उपविजेताले २ लाख प्राप्त गर्दा तेस्रोले १ लाख प्राप्त गरेका छन् ।

नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको थियो ।

सिफारिस

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस। ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै १३५ वर्षअघि अमेरिकाको सिकागो सहरका श्रमिकले सडकमा ओर्लिएर...

मौसम: आज कहाँ पर्छ पानी ?

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (बुधबार बिहान) कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था...

घट्यो डिजेल-मट्टितेलको मूल्य

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो। इण्डियन आयल कर्पोरेशनबाट...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मौसम: आज कहाँ पर्छ पानी ?

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

घट्यो डिजेल-मट्टितेलको मूल्य

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।मंगलबार...

इलाममा माधव नेपालको पार्टीको हरिबिजोग, जितबहादुरले पाए जम्मा ४०८ मत

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ...

इलाममा घण्टी उम्मेदवार मिलन लिम्बूको जमानत जफत

इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन योङहाङ लिम्बूको...

इलाम- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ विजयी

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ...

सिधा कुरालाई समाचार र भिडियो हटाउन सर्वोच्चको आदेश

काठमाडौं - सर्वोच्च अदालतले स्टिङ अपरेसनसम्बन्धी प्रकाशित समाचार २४...

धेरै पढिएको