साफ च्याम्पियनसिप फुटबल : श्रीलंकालाई पराजित गर्दै नेपाल शिर्ष स्थानमा

काठमाडौं –  साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ। गएराति सम्पन्न खेलमा श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरे । श्रीलंकाका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल फर्काए । खेलको ३३औं मिनेटमा सुमनले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । उनको यो नेपालका लागि डेब्यु गोल हो ।

खेलको ५१औं मिनेटमा अन्जनले गोल गर्दै नेपाललाई २ शुन्यको अग्रता दिलाए । ह्यामिल्टनले ५७औं मिनेटमा २५ यार्ड टाढाबाट गोल गर्दै श्रीलंकालाई २- १ को स्थितिमा ल्याए ।

खेलको ८६औं मिनेटमापरिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका आयुसले गोल गर्दै नेपाललाई ३-१ को अग्रता दिलाए । उनको यो नेपालका लागि पहिलो गोल हो ।

त्यसपछि खेलको इन्जुरी समयमा श्रीलंकाका डी सिल्भाले पेनाल्टीमा एक गोल गरेपनि नेपालले ३-२ गोल अन्तरको महत्वपूर्ण जित निकाल्न सफल भयो ।

यो जितसँगै नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। नेपालले २ खेलमा ६ अंक जोडेको छ । लगातार दोस्रो जितपछि नेपाल फाइनल नजिक पुगेको छ।

नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १ शुन्यले हराएको थियो । अब नेपालले तेस्रो खेलमा भारतविरुद्ध आगामी आइतबार प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ।

यस संस्करणको साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ । यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागि भएका हुन ।

सिफारिस

१२ वर्षे हरिसिद्धि भवानीको फूल्चोकी माई दर्शन चैत्र १७ गते हुने

हरिसिद्धि भवानीको १२ वर्षे पर्व फूल्चोकी माई दर्शन यहि आउँदो चैत्र १७ गते हुने भएको छ। बिहीवार ललितपुरमा पत्रकार सम्मेलन गरी श्री हरिसिद्धि भवानी...

कोसी, बागमती र गण्डकी प्रदेश मध्यरातिदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?

कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको...

प्रहरीका ८ डीएसपी एसपीमा बढुवा, को-को परे ?

नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन्। प्रहरी प्रधान कार्यालयको बढुवा समितिको बुधबार बसेको बैठकले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कोसी, बागमती र गण्डकी प्रदेश मध्यरातिदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?

कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा...

प्रहरीका ८ डीएसपी एसपीमा बढुवा, को-को परे ?

नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी...

आर्जु पौडेलले जितिन् ‘मिस इकलेज २०२४’ को उपाधी

काठमाडौँ – ‘मिस इकलेज २०२४’ को उपाधी आर्जु पौडेलले...

एमालेनिकट अनेरास्ववियुकी स्थायी समिति सदस्य रक्षा पक्राउ

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी समिति सदस्य रक्षा...

पूर्वडीआईजी रमेश खरेलले छाडे राष्ट्रिय स्वतन्त्र पार्टी

पूर्वडीआईजी रमेश खरेलले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी...

रक्षा नेपालकी संस्थापक मेनुकालाई नेशनल सोसल वेलफेयर अवार्ड

रक्षा नेपालकी संस्थापक मेनुका थापालाई  ‘नेशनल सोसल वेलफेयर अवार्ड’...

धेरै पढिएको