काठमाडौँ – नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी थप तीन वर्षे सम्झौता गर्न सहमत भएका छन् ।

बुधबार अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एसोसिएसनका पदाधिकारीहरुसँगको भेटमा तीन वर्षका लागि नयाँ सम्झौता गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

“आगामी दुई वर्षको लक्ष्य र योजना छिट्टै सार्वजनिक गर्छौँ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्,“नेपाली फुटबललाई अर्को स्तरमा पुर्याउने मेरो बाचा छ, तर हामीलाई समय दिनुस् ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here