टी–२० विश्वकपमा भारत लगातार दोस्रो हार, समूह चरणबाटै बाहिरिने सम्भावना

टी–२० विश्वकपमा भारत लगातार दोस्रो खेलमा पराजित भएको छ । पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको भारत आइतबार राति भएको खेलमा न्युजिल्याण्डसँग ८ विकेटले पराजित भएको हो ।

योसँगै सुपर १२ समूह २ मा रहेको न्युजिल्यान्डले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ पराजित भारत भने समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ।

भारतले प्रस्तुत गरेको १ सय ११ रनको झिनो लक्ष्य न्युजिल्याण्डले मात्र १४.३ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो ।

न्युजिल्याण्डलाई जीत दिलाउन डार्यल मिचेलले सर्वाधिक ४९ रनको योगदान दिए । ३५ बलमा उनले ४ चौका र ३ छक्का हिर्काए । कप्तान केन विलियमसनले ३३ रन बनाए भने ओपनर मार्टिन गुप्टिलले २० रनको योगदान दिए । भारतका लागि दुवै विकेट जसप्रित बुमराहले लिए ।

यसअघि न्युजिल्याण्डको घातक बलिङसामु भारत निरिह देखिएको थियो । भारतका ब्याट्सम्यानहरुले खुलेर खेल्नै सकेनन् ।

भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११० रन मात्र बनाउन सक्यो । रवीन्द्र जडेजाले सर्वाधिक २६ रन बनाए भने हार्दिक पाण्डेयले २३ रनको योगदान दिए । न्युजिल्याण्डका लागि ट्रेन्ट बोल्टले ३ तथा इस सोधीले २ विकेट लिए । जीतसँगै न्युजिल्याण्ड अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ भने भारत पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

सिफारिस

एमाले नेता रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको