आईसीसी टी–२० विश्वकपको उत्कृष्ट खेलाडी डेभिड वार्नर बनेका छन्। आइतबार राति भएको खेलमा अष्ट्रेलियालाई उपाधि दिलाउने क्रममा अर्धशतकीय पारी खेलेका वार्नरलाई विश्वकपकै उत्कृष्ट खेलाडी घोषणा गरिएको हो।

न्युजिल्याण्डसँगको खेलमा वार्नरले चार चौका र तीन छक्काको सहयोगमा ५३ रन प्रहार गरेका थिए। वार्नरले समग्रमा यो विश्वकपमा सात खेलबाट २८९ रन प्रहार गरेका छन्।

३५ वर्षीय वार्नरले भने अष्ट्रेलियाले जित्नुमा टोलीका सबै सदस्यको महत्वपूर्ण योगदान रहेको बताए।

अष्ट्रेलियाले पहिलोपटक टी–२० विश्वकपको उपाधि जितेको हो। उसले पाँच एकदिवसीय विश्वकपको उपाधि पनि जितेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here