पछिल्लो २४ घण्टामा २ सय ३८ जना संक्रमित थपिए

काठमाडौं – पछिल्लो २४ घण्टामा २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार १२३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार ८४५ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ३२ जना र १ हजार २७८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १४ हजार ३३३ पुगेको छ ।

यस्तै कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ सय ७० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ३५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार १२३ जनाको परीक्षण हुँदा हालसम्म कुल ५२ लाख ७१ हजार ३२१ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४९६ पुगेको छ ।

सिफारिस

कस्तो रहला आजको मौसम ?

यतिबेला (बिहीबार बिहान) सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली र देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। मौसमविद्का...

आज रामनवमी पर्व, देशैभरी सार्वजनिक बिदा

आज रामनवमी पर्व मनाइँदैछ। हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा आराधना गरेर यो पर्व मनाउने गर्छन्। रामनवमी पर्वको अवसरमा सरकारले आज देशैभरी सार्वजनिक बिदा दिएको...

आज यी स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुने

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशीक प्रभाव रहेको छ। यतिबेला (बुधबार बिहान) देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने छ भने बाँकी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आज रामनवमी पर्व, देशैभरी सार्वजनिक बिदा

आज रामनवमी पर्व मनाइँदैछ। हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा...

आज यी स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुने

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशीक प्रभाव...

सुरू भयो सेतो मच्छिन्द्रनाथको रथयात्रा, यस्तो देखियो पहिलो दिन (तस्वीरहरू)

काठमाडौं - जनबहाःद्यः (सेतो मच्छिन्द्रनाथ) को रथ जात्रा मंगलबारबाट...

आज देशका धेरै भूभागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको...

आज चैते दशैं, गण्डकीमा सार्वजनिक बिदा

पोखरा  गण्डकी प्रदेश सरकारले चैते दशैंको अवसरमा आज प्रदेशभर...

जोशी र ढकाल एआईजीमा बढुवा सिफारिस

काठमाडौं - नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश...

धेरै पढिएको