नेपाली बजारमा आज (बुधबार) बहुमूल्य धातु सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ५ सय रुपैयाँले सुनको मूल्य घटेको हो।

आज छापावाल सुन प्रतितोला ९१ हजार ८ सय र तेजाबी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ।

सुनको मूल्य हिजो मंगलबार मात्रै तोलामा १६ सय रुपैयाँले घटेको थियो। हिजो छापावाल सुन ९२ हजार ३ सय रुपैयाँ र तेजाबी सुन ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ३० रुपैयाँले घटेर १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको हो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १ हजार ७ सय ९४ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here