महिला भलिबलमा नेपाललाई अर्को उपाधि

काठमाडौं – नेपालले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फको लगातार दोस्रो पटक उपाधि जितेको छ । बंगलादेशको ढाकामा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपाल च्याम्पियन बन्न सफल भएको हो ।

मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा साविक विजेता समेत रहेको नेपालले पहिलो सेट २५(२४ ले जितेको थियो । दोस्रो सेटमा उज्वेकिस्तान २५(२४ ले विजयी भयो । तेस्रो सेट नेपालले २५-१५ ले जित्यो । चौंथो सेट उज्वेकिस्तानले २५(२२ ले जित्दै खेल २(२ को अवस्थामा पुर्राए ।

त्यसपछि पाँचौं सेटमा नेपालले १५(१० ले आफ्नो बनाउँदै उपाधि रक्षा गरेको हो । यससँगै नेपाल अपराजित रहदै च्याम्पियन बनेको हो । यस्तै सेन्ट्रल जोनको महिलातर्फ नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।

पुरुषतर्फ नेपालले तेस्रो स्थानका लागि उज्वेकिस्तानसँग खेल्नेछ । नेपाल र उज्वेकिस्तानबीचको खेल अपरान्ह १स्१५ बजे सुरु हुनेछ ।

यस्तै नेपालले सन् २०२२ मा दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिप आयोजना गर्ने भएको छ । हिजो बंगलादेशमा सम्पन्न सेन्ट्रल एसियन भलिबल एशोसियसनको साधारण सभाले अर्को वर्ष नेपालमा यो प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।

नेपालले यसअघि सन् २०१९ मा एसियन सेन्ट्रल जोन सिनियर मेन्स भलिबल प्रतियोगिताको सफल आयोजना गरेको थियो । भलिबल संघले दक्षिण एसियाली च्याम्पियनसिप आयोजनाका लागि विश्वास गरेकोमा एशोसिएसनलाई धन्यबाद दिएको छ । महासचिव चन्दले नेपालले उपयुक्त समयमा प्रतियोगिताको मिति तोक्ने जानकारी दिएका छन् ।

यसैबीच सेन्ट्रल एसियन सिनियर मेन्स तथा वुमेन्स भलिबलको अर्को संस्करण माल्दिभ्समा आयोजना गरिने पनि साभारण सभाले निर्णय गरेको छ । अर्को वर्ष पुरुषतर्फ सातौं र महिलातर्फ तेस्रो संस्करण माल्दिभ्सले आयोजना गर्नेछ ।

सिफारिस

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीबीच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ। सो...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

कतारका राजा आउने भएपछि सरकारले दियो भोलि सार्वजनिक बिदा

कतारका अमिर (राजा) शेख तमिम बिन हमाल अल थानी...

धेरै पढिएको