ह्वात्तै घट्यो तरकारीको मूल्य, कुन–कुन मूल्य कति ?

काठमाडौं – मौसमी तरकारीको मूल्य एक महीनामा करीब ६६ प्रतिशतसम्म घटेको छ । यतिबेला मौसमी तरकारीको उत्पादन बढेकाले मूल्य घटेको बताइएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीमा उपलब्ध मूल्यअनुसार काठमाडौंमा पछिल्लो १ महीनाको अवधमा बन्दा, काउली, गाजर, टाटेसिमी, गोलभेडा, रायोलगायत मौसमी तरकारी र सागपातको मूल्य घटेको पाइएको हो।

महीना दिनअघि प्रतिकिलो १ सय १० रुपैयाँ औसत थोक मूल्य रहेको टाटेसिमीको मूल्य पछिल्लो १ महीनामा ६६ प्रतिशतले घट्दै प्रतिकिलो ३७ रुपैयाँ कायम भएको छ । टनेलको गोलभेडाको मूल्य पनि ५८ प्रतिशतले घट्दै प्रतिकिलो ६५ रुपैयाँबाट २७ रुपैयाँमा झरेको छ । गाजरको मूल्य पनि करीब ५० प्रतिशतले घट्दै प्रतिकिलो १ सय १० रुपैयाँबाट ५५ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी चमसुरको सागको मूल्य पनि ५० प्रतिशतले घट्दै प्रतिकिलो १ सय ३० रुपैयाँबाट ६५ रुपैयाँमा झरेको छ । स्थानीय काउलीको मूल्य किलोमा १० रुपैयाँले घट्दै ४० रुपैयाँबाट ३० रुपैयाँ, गान्टे मुलाको मूल्य ७५ रुपैयाँबाट घटेर ६५ रुपैयाँ, सेतो मुलाको मूल्य ३५ रुपैयाँबाट घटेर प्रतिकिलो २२ रुपैयाँ कायम भएको छ । मूल्य घट्नेमा रातो बन्दा, रायोको साग, ब्रोकाउली आदि रहेका छन् ।

कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले आज अदुवाको प्रतिकिलो औसत मूल्य ४० रूपैयाँ कायम भएको जानकारी दिएको छ । तरकारीको आजको बजार तोक्दै समितिले रातो आलु प्रतिकिलो औसत ३६ रुपैयाँ ५० पैसा, भारतीय आलु ३३ रुपैयाँ ५० पैसा र लोकल काउली औसत मूल्य प्रतिकिलो ३० रूपैयाँमा बिक्री भइरहेको जनाएको छ ।

 कालीमाटीमा अहिले दैनिक ७ सयदेखि ९ सय टनसम्म तरकारी भित्रिने गरेको छ ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको