भोलिबाट विद्यालय बन्द गर्ने भन्दै मन्त्रालयले जारी गर्यो सूचना, विश्वविद्यालयको परीक्षा के हुन्छ ?

काठमाडौं – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सिसिएमसीको निर्णय कार्यान्वयन गद्र्रै मन्त्रालयले भोलिबाट माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

मन्त्रालयमा सोमबार बसेको बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले बताए ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता शर्माका अनुसार वार्षिक विदामा मिलान गर्नेगरी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको हो । देशभरका विद्यालय बन्द हुने भए पनि विश्वविद्यालयका परीक्षा भने नरोकिने प्रवक्ता शर्माले बताए ।

आफूहरुले अरु थप निर्णय गरिरहनु नपर्ने र सीसीएमसीको निर्णय कार्यान्वयनका लागि पठाउने निर्णय भएको प्रवक्ता शर्माले बताए ।

शिक्षा सचिवको नेतृत्वमा सोमबार बिहान बसेको बैठकले विद्यालय बन्दको मोडालिटीबारे छलफल गरेको थियो । आइतवार बसेको सीसीएमसीको बैठकले कोरोनाको जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।

मन्त्रालयले विदाको समयमा १२ देखि १७ वर्ष उमेरसमूहका विद्यार्थीहरुलाई सबै स्थानीय तहमा रहेका स्वास्थ्य चौकीमा गएर खोप लगाउन पनि आग्रह गरेको छ ।

सिफारिस

यस्तो बन्यो नयाँ जसपा, कसलाई के जिम्मेवारी ?

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट विभाजित अशोक राई नेतृत्व ‘जनता समाजवादी पार्टी’ले पदाधिकारी र केन्द्रीय समितिको टुंगो लगाएको छ...

आज कहाँ-कहाँ पर्छ पानी ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले गण्डकी र...

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । अधिकारीको पक्षमा उभिएका ३० सांसद उभिएपछि विश्वासको मत पाएको घोषणा गरिदिएका छन्। प्रदेशसभामा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आज कहाँ-कहाँ पर्छ पानी ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत...

धमाधम निर्माण गरिँदै रातो मच्छिन्द्रनाथ रथ र रङ्ग्याइँदै मूर्ति (तस्वीरहरू)

काठमाडौं - नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो...

आयो डीभीको रिजल्ट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ - अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी...

काठमाडौँका यी ठाउँमा आजदेखि ६ दिनसम्म दैनिक ४ घण्टा बत्ती जाने

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी शुक्रबारसम्म काठमाडौँको...

आज यी स्थानमा हावाहुरी र वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

धेरै पढिएको