हेल्प नेपाललाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब पोखरामा सम्पन्न दोस्रो संस्करणको टाईगर कप आमन्त्रित खुला भलिबल च्याम्पिनयसिपको पुरुषतर्फको च्याम्पियन बनेको छ।

पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा आर्मीले हेल्प नेपाललाई २५–१८, २४–२६, २५– र २५–१९ ले हराएको हो।उपाधिसँगै आर्मीले ३ लाख रुपैयाँ प्राप्त गरेको छ। दोस्रो भएको हेल्प नेपालले १ लाख ५० हजार रुपैयाँ पाएको छ।

आर्मी गतवर्ष टाइगर कपमा गण्डकी प्रदेशसँग फाइनलमा पराजित भएको थियो । महिला तर्फ भने त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै नेपाल एपिएफ क्लब दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तरगत च्याम्पियन बनेको थियो । एकपक्षीय खेलमा एपिएफले आर्मीलाई २५–२३, २५–१५ र २५–२० को सोझो सेटमा हराएको थियो ।

टाइगर कप आमन्त्रित खुला महिला तथा पुरुष भलिबल’ प्रतियोगितामा पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित आर्मीका दानबहादुर बुढा क्षेत्री पुरस्कारसहित । तस्वीर : कृष्ण दवाडी, रासस

उपाधिसँगै एपिएफले ३ लाख रुपैया हात पारेको छ । दोस्रो भएको आर्मीले १ लाख ५० हजार रुपैयाँ हात पारेको छ । तेस्रो भएको होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्सले ७५ हजार तथा चौथो भएको पुलिसले ३५ हजार रुपैया हात पारे । २६ पुसदेखि शुरु भएको प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान ५–५ टोलीको सहभागिता थियो ।

महिला तथा पुरुषतर्फको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार प्राप्त गरेका छन्। हरेक विधाका उत्कृष्ट (स्पाइकर, सेटर, ब्लकर, सर्भर, लिवेरो र प्रशिक्षक) ले जनही १० हजार रुपैया पाए।

विधागततर्फका उत्कष्ट महिला खेलाडी
सर्वोत्कृष्ट खेलाडी–सरस्वती चौधरी –एपीएफ)
उत्कृष्ट स्पाईकर– शान्ती कुमारी थारु –आर्मी)
उत्कृष्ट ब्लकर–हिरा केसी –एपीएफ)
उत्कृष्ट सर्भर–निरुता ठगुन्ना –एपीएफ)
उत्कृष्ट सेटर–कृपा अधिकारी –आर्मी)
उत्कृष्ट डिफेन्डर– सलिना श्रेष्ठ –न्यु डायमण्ड
उत्कृष्ट प्रशिक्षक– महेश चौधरी –एपीएफ)

पुरुषतर्फका विधागत उत्कृष्ट खेलाडी
सर्वोत्कृष्ट खेलाडी– (धन बहादुर भट्ट क्षत्री –आर्मी)
उत्कृष्ट स्पाईकर– विनित कुमार (टिपटप हेल्प नेपाल )
उत्कृष्ट ब्लकर– अमित (टिपटप हेल्प नेपाल)
उत्कृष्ट सर्भर– इम बहादुर राना –पुलिस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here