शेयर बजारमा एकैपटक बाढी, कुन कम्पनीको शेयर मूल्य कतिले बढ्यो ?

सेयर बजार परिसूचक नेप्सेमा आइतबार उच्च कारोबार भएको छ । सेयरबजारमा आज हरियाली छाएको छ। सोमबारको कारोबारमा २२९ कम्पनी सामेल भएका छन्।

साताको पहिलो कारोबार दिन समेत रहेको यस दिन नेप्से सूचकमा अधिकतम ६९ अंकको वृद्धि आउँदै २९ सय २६.७४ विन्दुमा उक्लिएको हो । ६९ अंकले बढेको बजारमा आज ९ अर्ब ६७ करोड ६३ लाखको कारोबार भएको छ ।

यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम ११.८१ अंकले बढ्दै ५४२।६३ विन्दुमा उक्लिएको छ । यस दिन सबै उपसूचकहरु धनात्मक हुँदै बजार नै हरियाली भएको छ भने आधा दर्जन कम्पनीको सेयर मूल्य ७ प्रतिशत माथिले वृद्धि भएको छ ।

सबैभन्दा बढी मध्य भोटेकोशी जलविद्युत कम्पनीका सेयरधनीहरूले ९.९९ प्रतिशतले बढेको छ भने सबैभन्दा बढी बोटलर्स नेपालका लगानीकर्ताहरूले ३.८२ प्रतिशतले घटेको छ ।

दिनभरीमा कारोबार भएका कम्पनीमध्ये १६७ वटाको मूल्य बढेको छ। १६ वटाको भने घटेको छ। ६ वटाको मूल्य स्थिर छ। बजारमा ९ अर्ब ६७ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यो कारोबार ८५ कारोबर दिनयताकै उच्च हो। त्यो दिन ९ अर्ब ७४ करोडको किनबेच भएको थियो।

बजारले यसपाली तरलताभन्दा पनि कोभिड संक्रिमतको ग्राफलाई पच्छ्याएको ब्रोकरहरु बताउँछन्। यसअघि कोभिड संक्रमण बढेर लकडाउन भएको थियो। त्यो बेला ऋण लगानी ठप्प भएको थियो।

अत्यावश्यक बाहेकका अन्य ब्यापार ब्यवासय पनि ठप्प भएको थियो। यसले गर्दा सबैतिरको पुँजी सेयर बजारमा थुप्रिएको थियो। पुँजी आएपछि बजारमा सेयरको माग उच्च र आपुर्ति कम हुँदा मूल्य उक्लिएको थियो।

बजारमा अरुण भ्यालीको सर्वाधिक ३६ करोड ४३ लाख, अपि पावर ३० करोड ४४ लाख, अपर तामाकोशी २९ करोड ७४ लाख, शिवम् सिमेन्ट २६ करोड ३३ लाख र निफ्राको २५ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

सबै उपसुचकहरु हरिया छन्। बाणिज्य बैंक समूह साढे ३९ अंकले बढेको छ भने ब्यापार करिव ८० अंकले उक्लिएको छ। होटल पनि साढे ५५ अंकमाथि छ। विकास बैंक १४३ अंक माथि छ। बीमामा पनि छलाङ छ। जीवन बीमा ३८९ र निर्जीवन बीमा २६६ अंकले बढैको छ। सर्वाधिक बढ्नेमा उत्पादन तथा प्रशोधन समूह छ। यसको सूचक ४०९ अंकले बढेको छ।

आज लगानीकर्ताहरुले ३.८२ प्रतिशत गुमाएका छन्। आज ३२ करोड रुपैयाँसम्मको सर्वाधिक कारोबार भएको छ।

सिफारिस

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन्। , मन्त्री दिपक खड्कासँग बारम्बार विवादमा परेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् । प्रधानमन्त्रीको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

धेरै पढिएको