एसईई खारेज गर्न दिएको निर्देशन प्रति राष्ट्रिय परीक्षा बोर्डले पठायो यस्तो पत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले संसद्को शिक्षा र स्वास्थ्य समितिले एसईई खारेज गर्न दिएको निर्देशन गलत भएको निश्कर्षसहित मन्त्रालयलाई पत्र पठाएको छ ।

मन्त्रालयले परीक्षासम्बन्धी राय पेस गर्न बोर्डलाई पत्र पठाएपछि केही दिनअघि बसेको बोर्ड पदाधिकारीको बैठकले शिक्षा ऐनमा उल्लेख भएको विषयलाई हचुवाको भरमा खारेज गर भन्नु गलत भएको निष्कर्षसहित पत्र पठाएको हो ।

बोर्डका एक अधिकारीका अनुसार बोर्डले एसईई परीक्षा खारेज गर्न उचित नहुने धारणा पेस गर्दै यो वर्षको एसईई परीक्षा केन्द्रस्तरबाटै सञ्चालन गर्ने, अर्को वर्ष स्थानीय सरकारको सहयोगमा प्रदेश परीक्षा बोर्डसँग समन्वय गरी प्रमाणीकरण गर्ने गरी पत्र पठाएको छ ।

बोर्डले मन्त्राललाई पठाएको पत्र गोप्य राखेको छ । बोर्डका अधिकांश सदस्य र कर्मचारीले पढाइको मापदण्ड परीक्षा नै भएकाले एसईई खारेजको प्रश्नै नउठ्ने, मोडालिटी बदलेर वा बोर्ड मुख्यालयको अधिकार प्रत्यायोजन गरेर परीक्षा लिने व्यवस्था गर्नैपर्ने धारणा राखेका छन् ।

सोही आधारमा बोर्डले यो वर्षको एसईई परीक्षा बोर्डले लिने र अर्को वर्षबाट प्रदेशलाई अधिकार दिने गरी पत्र पठाएको छ । तर, बोर्डले प्रदेशलाई परीक्षा सञ्चालन गर्न अधिकार दिने उल्लेख गरे पनि संघीय शिक्षा ऐन नआएसम्म सम्भव हुँदैन । शिक्षा ऐनमा एसईई परीक्षा क्षेत्र तहबाट लिने उल्लेख छ ।

यसअघि संसदीय समितिले शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा एसईई खारेज गर्न निर्देशन दिनुको साथै संसदीय समितिले परीक्षा खारेज गर्ने विषयमा राय पेस गर्न मन्त्रालयलाई पत्र पठाएको थियो ।नेपाल समाचारपत्रमा खबर छ ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको