स्वास्थ्य मन्त्रालयको नयाँ प्रक्षेपणः दैनिक यति धेरै संक्रमित थपिने

काठमाडौं – स्वास्थ्य मन्त्रालयले नेपालले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट अबको एक महिना कठिन अवस्था झेल्नुपर्ने प्रक्षेपण गेको छ ।

मन्त्रालयको प्रक्षेपण अनुसार माघ दोस्रो साता दैनिक संक्रमण पुष्टि हुनेकोसंख्या उच्च हुनेछ । त्यो बेला दैनिक २० हजार हाराहारीमा संक्रमण पुष्टि हुने मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

मन्त्रालयको प्रक्षेपण अनुसार अस्पतालमा सबैभन्दा बढी चाप माघ तेस्रो साता हुने इपिडिमियोलोजि तथा सरुवा रोग महाशाखाका प्रमुख ड. कृष्ण पौडेलले बताएका छन् । त्यो बेला अस्पतालमा उपचाररत संक्रमितको संख्या झण्डै १४ हजारसम्म पुग्न सक्ने आकलन गरिएको

छिल्लो दिनमा कोरोना संक्रमणको दर निरन्तर उकालो लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार २५ पुसमा परीक्षण गरिएको नमूनामध्ये ९.१ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो । २ माघमा आइपुग्दा यो संक्रमण दर बढेर ३२.८ प्रतिशतमा पुगेको छ ।

मन्त्रालयका अधिकारीहरूका अनुसार अब एक हप्ता संक्रमणदर बढ्दै जाने छ र माघ दोस्रो उच्च बिन्दुमा पुग्नेछ । तेस्रो साताबाट विस्तारै घट्दै जाने आकलन गरिएको छ ।

अहिले दैनिक थपिने संक्रमितको संख्या पनि ५ हजार आसपास छ । तर यो संख्या आगामी दुई हप्तासम्म अझै उकालो लाग्दै जानेछ र दैनिक २०–२२ हजारसम्म नयाँ संक्रमित थपिनसक्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको प्रक्षेपण छ ।

संक्रमितमध्ये ८५ प्रतिशतलाई सामान्य असर देखिनेछ भने १० प्रतिशत अस्पताल पुग्नुपर्छ, ५ प्रतिशतभन्दा कमलाई आईसीयू तथा भेन्टिलेटर सपोर्ट चाहिन सक्ने मन्त्रालयको विश्लेषण छ । मन्त्रालयका सचिव डा. रोशन पोखरेल भन्छन्, ‘ओमिक्रोन भेरियन्ट कम घातक भएकाले कमै संख्यामा आईसीयू तथा भेन्टिलेटरमा जान सक्छन् । त्यसकारण हामीसँग भएका आईसीयू तथा भेन्टिलेटरले धान्न सक्ने अनुमान छ, तर जनरल बेडको अभाव हुने देखिन्छ ।’

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हाल देशभरमा ८ हजार २०२ वटा आइसोलेसन बेड, ३ हजार ८४६ एचडीयू, २७९७ आईसीयू र १००८ वटा भेन्टिलेटर सहितका बेड छन् ।

आईसीयू तथा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने संक्रमितको संख्या क्रमशः बढिरहेको छ । मन्त्रालयको तथ्यांक अनुसार, २३ पुसमा ८१ जनाको आईसीयूमा उपचार भएको थियो । २ माघमा यो संख्या बढेर १२२ पुगेको छ ।

ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित भएकाले अस्पतालको सेवा प्रवाहमा समस्या भएको छ । उपत्यकाका ठूला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी संक्रमित हुने संख्या दिनदिनै बढ्दै जाँदा जनशक्ति अभाव त हुने होइन भन्ने आशंका पैदा भएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मात्र ३०० भन्दा बढी कर्मचारीमा संक्रमण पुष्टि भएको छ ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको