सशस्त्र प्रहरी दिवस : पारसले पाए ‘वर्ष जवान–२०७८’को पुरस्कार, अरु को- को भए पुरस्कृत ?

काठमाडौं – २१औं सशस्त्र प्रहरी दिवस–२०७८ को पुनित अवसरमा सशस्त्र प्रहरी बल,नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आईतबार सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको प्रमुख आतिथ्यमा प्रभातकालीन विशेष कार्यक्रम सम्पन्न भएको छ ।

उक्त विशेष समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक खनालले सांगठानिक बिकासमा महत्वपूर्ण योगदान पुर्‍याउनुहुने अवकाश प्राप्त अग्रज संगठन प्रमुखहरु एवं पूर्व राष्ट्रसेवकहरुको साथै वहालवाला सकल दर्जाका राष्ट्रसेवकहरुले पु¥याउनुभएको योगदान र कर्तव्य परायणताको मुक्तकण्ठले प्रशंसा गर्नुहुँदै कर्तव्यपालनको सिलसिलामा शारिरीक क्षती व्यहोरेका राष्ट्रसेवकहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरे ।

उक्त विशेष कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले ‘वर्ष जवान–२०७८’ घोषित सशस्त्र प्रहरी सहायक हवल्दार पारस खाम्चालाई ‘वर्ष जवान’को ट्याग प्रदान गरेका छन् ।

महानिरीक्षक खनालले विभिन्न कल्याणकारी प्याकेजको घोषणा समेत गर्नुभएको उक्त विशेष समारोहमा देशभरका एकाईहरुमध्ये सर्वोत्कृष्ट ठहरीएका तालिम शिक्षालय, गण हेक्वा, गुल्म हेक्वा तथा बोर्डर आउट पोष्टलाई रनिङ्ग अवार्ड समेत प्रदान गरेका छन् ।

तालिम शिक्षालयतर्फ चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय उत्कृष्ट भएको छ । केन्द्रीय निरीक्षणमा उत्कृष्ट भएको कुरिनटारको विपद् व्यवस्थापन शिक्षालयलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पुरस्कृत गरेका छन् ।

समारोहमा आईजीपी खनालले विपद् व्यवस्थापन तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अञ्जनीकुमार पोखरेललाई ट्रफी तथा प्रशंसापत्र प्रदान गरेका छन् । सशस्त्र प्रहरीका १२ वटा तालिम शिक्षालय मध्येबाट विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटार उत्कृष्ट भएको हो ।

सशस्त्र प्रहरी गणतर्फ २८ नम्बर गण कपिलवस्तु उत्कृष्ट भएको छ । गण नम्बर–२८ का गणपति एसपी ध्रुव कार्कीलाई आईजीपी खनालले ट्रफि तथा प्रशंसापत्र प्रदान गरेका छन् । गुल्मतर्फ तेह्रथुमस्थित म्याग्लुङ्ग गुल्म उत्कृष्ट भएको छ ।

म्याग्लुङ्ग गुल्मका डिएसपी नवराज तामाङलाई सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित समारोहमा सम्मान गरिएको छ । त्यस्तै, बिओपी (बोर्डर आउट पोष्ट) तर्फ झापाको टागनडुब्बा बिओपी उत्कृष्ट भएको छ । आईजीपी खनालले सो विओपीका इन्सपेक्टर सचिन प्रधानलाई पुरस्कृत गरेका छन् ।

त्यसैअवसरमा उनले विभिन्न प्राकृतिक प्रकोपबाट पीडित बहालवाला तथा अवकाशप्राप्त १३ जना राष्ट्रसेवकहरुलाई नगद राहत उपलब्ध गराउनुको साथै संगठनलाई अनुकरणीय सहयोग पु¥याउनुहुने विभिन्न क्षेत्रका महानुभावहरुलाई समेत कदरपत्र प्रदान गरेका थिए  ।

यसैगरी अमर सशस्त्र प्रहरीका ७२ जना सन्ततिहरुको शिक्षाको लागि वार्षिक रुपमा उपलब्ध गराउने गरिएको छात्रबृत्ति रकम तथा १२ कक्षा उतीर्ण भई उत्कृष्ट अंक ल्याउने बहालवाला, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीका सन्तती २४ जनालाई छात्रवृत्ती स्वरुप उपलब्ध गराईएको नगद कल्याण्कारी सेबा केन्द्रबाट उहाँहरुको बैक खातामा जम्मा गरिएको छ।

यसैगरी ७० बर्ष पुरा भएका अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुलाई जनही १२ हजारको दरले तथा बर्षभरी गम्भिर रोगले ग्रष्त भई उपचार गराई रहनुभएका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरुको परिवारजन गरी ७५ जनालाई नगद सहयोग समेत उनीहरुको बैक खातामा जम्मा गरिएको छ ।

सोही समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले ब्रेन ट्युमरबाट पीडित सशस्त्र प्रहरी कर्मचारीको परिवार सिजन सुनारलाई नगद ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो ।

सिफारिस

एमाले नेता रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको