सशस्त्र प्रहरीको अब सातै प्रदेशमा अस्पताल र विद्यालय, गाडी किन्न ऋण दिने

काठमाडौँ – सशस्त्र प्रहरी बलले सातै प्रदेशमा अस्पताल र विद्यालय विस्तार गर्ने भएको छ । आफ्ना कर्मचारीलाई लक्षित गरी सबै प्रदेशमा अस्पताल र विद्यालय विस्तार प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

सातमध्ये चार प्रदेशमा सशस्त्रले अस्पताल विस्तार गरिसकेको छ । प्रदेश १ मा पूर्वक्षेत्रीय अस्पताल, मधेस प्रदेशमा छिन्नमस्ता फिल्ड अस्पताल, बागमती प्रदेशमा ट्रमा सेन्टर कुरिनटार र लुम्बिनी प्रदेशमा मध्य–पश्चिम क्षेत्रीय अस्पताल कोहलपुरमा विस्तार गरेको हो ।

यो वर्ष गण्डकी प्रदेशमा आगामी वर्ष कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक–एकवटा फिल्ड अस्पताल विस्तार गरिने सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरी बलको २१औँ स्थापना दिवसको अवसरमा कर्मचारीका लागि थप कल्याणकारी कार्यक्रम पनि घोषणा गरिएको छ, जसअनुसार सातै प्रदेशमा विद्यालय स्थापना गर्ने भएको छ ।

यो वर्ष सुदूरपश्चिम प्रदेशमा विद्यालय स्थापना गर्न लागिएको छ, जसका लागि जग्गाको खोजी भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ । मधेस प्रदेशमा सशस्त्र प्रहरीले विद्यालय स्थापना गरिसकेको छ ।

चारपांग्रे सवारीसाधन खरिद गर्दा सशस्त्र प्रहरी निरीक्षकदेखि सशस्त्र प्रहरी उपरीक्षकका लागि कायम रहेको सेवा अवधिको सीमा हटाई सशस्त्र प्रहरी निरीक्षकदेखि माथिका सबै दर्जाका अधिकृतहरूलाई समान रूपमा सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराइने निर्णय पनि सशस्त्र प्रहरीले गरेको छ ।

कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त गर्ने अमर सहिदका श्रीमतीमध्येबाट संगठनले निर्धारण गरेको मापदण्डभित्र पर्ने अमर सहिदका श्रीमती (एकल महिला) एकजनालाई वार्षिक रूपमा सशस्त्र प्रहरी दिवसको अवसरमा ‘सहिद समर्पण सम्मान’ स्वरूप २५ हजार नगद रुपैयाँ र सम्मान–पत्र प्रदान गर्ने भएको छ ।

सिफारिस

अवसर चीन, ऊर्जाशील सान्तोङ (तस्वीरहरू)

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे), नेपालका अध्यक्ष प्रदीप राज वन्तको नेतृत्वमा तीन सदस्यीय नेपाली टोली हालै चीनको शानडोंग प्रान्तमा भएको अन्तर्राष्ट्रिय फोटो...

काठमाडौँका घर–घरमा रंगोलीको चमक (तस्वीरहरू)

लक्ष्मीपूजाको अवसरमा राजधानीका घर–घर, गल्ली र पसलहरू रंगीचंगी रङ्गोलीले झिलिमिली बनेका छन्। हिन्दूहरूको महान् पर्व तिहारको तेस्रो दिन धनकी देवी लक्ष्मीको पूजा–आराधना गरी धन,...

दीपावलीको साँझ मनमोहक काठमाडौं (तस्वीरहरू)

हिन्दू नेपालीहरूको चाड तिहार सुरू भएसँगै काठमाडौं सहरहरु बत्तिले सजिएको छ । तिहारमा झिलिमिलि बत्ति, फूल लगायत लगाएर घर सजाउने गरिन्छ, घरमात्रै नभएर व्यापारिक...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

काठमाडौँका घर–घरमा रंगोलीको चमक (तस्वीरहरू)

लक्ष्मीपूजाको अवसरमा राजधानीका घर–घर, गल्ली र पसलहरू रंगीचंगी रङ्गोलीले...

दीपावलीको साँझ मनमोहक काठमाडौं (तस्वीरहरू)

हिन्दू नेपालीहरूको चाड तिहार सुरू भएसँगै काठमाडौं सहरहरु बत्तिले...

तिहार सुरू भएसँगै असन र इन्द्रचोकमा किनमेल गर्नेको भीड (तस्विरहरू)

तिहार सुरू भएसँगै राजधानीका प्रमुख बजारहरू न्यूरोड, असन र...

नवनियुक्त रथी श्रेष्ठलाई प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ - प्रधान सेनापति अशोक राज सिग्देलले रथी दर्जामा...

तस्विरमा हेर्नुहोस् कागेश्वरी महादेव मन्दिरमा यसरी गरियो काग पूजा

कागेश्वरी मनहरा नगरपालिका–१, काठमाडौंको जंगलमा कागेश्वरीधाम छ। जंगल बीचमा...

नवराज कुँवरलाई नोजा पत्रकारिता अनर अवार्ड

काठमाडौँ - पत्रकार नवराज कुँवर नेशनल नोजा अनर अवार्डबाट...

धेरै पढिएको