सशस्त्र प्रहरीको अब सातै प्रदेशमा अस्पताल र विद्यालय, गाडी किन्न ऋण दिने

काठमाडौँ – सशस्त्र प्रहरी बलले सातै प्रदेशमा अस्पताल र विद्यालय विस्तार गर्ने भएको छ । आफ्ना कर्मचारीलाई लक्षित गरी सबै प्रदेशमा अस्पताल र विद्यालय विस्तार प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

सातमध्ये चार प्रदेशमा सशस्त्रले अस्पताल विस्तार गरिसकेको छ । प्रदेश १ मा पूर्वक्षेत्रीय अस्पताल, मधेस प्रदेशमा छिन्नमस्ता फिल्ड अस्पताल, बागमती प्रदेशमा ट्रमा सेन्टर कुरिनटार र लुम्बिनी प्रदेशमा मध्य–पश्चिम क्षेत्रीय अस्पताल कोहलपुरमा विस्तार गरेको हो ।

यो वर्ष गण्डकी प्रदेशमा आगामी वर्ष कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक–एकवटा फिल्ड अस्पताल विस्तार गरिने सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरी बलको २१औँ स्थापना दिवसको अवसरमा कर्मचारीका लागि थप कल्याणकारी कार्यक्रम पनि घोषणा गरिएको छ, जसअनुसार सातै प्रदेशमा विद्यालय स्थापना गर्ने भएको छ ।

यो वर्ष सुदूरपश्चिम प्रदेशमा विद्यालय स्थापना गर्न लागिएको छ, जसका लागि जग्गाको खोजी भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ । मधेस प्रदेशमा सशस्त्र प्रहरीले विद्यालय स्थापना गरिसकेको छ ।

चारपांग्रे सवारीसाधन खरिद गर्दा सशस्त्र प्रहरी निरीक्षकदेखि सशस्त्र प्रहरी उपरीक्षकका लागि कायम रहेको सेवा अवधिको सीमा हटाई सशस्त्र प्रहरी निरीक्षकदेखि माथिका सबै दर्जाका अधिकृतहरूलाई समान रूपमा सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराइने निर्णय पनि सशस्त्र प्रहरीले गरेको छ ।

कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त गर्ने अमर सहिदका श्रीमतीमध्येबाट संगठनले निर्धारण गरेको मापदण्डभित्र पर्ने अमर सहिदका श्रीमती (एकल महिला) एकजनालाई वार्षिक रूपमा सशस्त्र प्रहरी दिवसको अवसरमा ‘सहिद समर्पण सम्मान’ स्वरूप २५ हजार नगद रुपैयाँ र सम्मान–पत्र प्रदान गर्ने भएको छ ।

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको